PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौताः यी हुन् सहमति बुँदा



पहिलोपोस्ट

ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौताः यी हुन् सहमति बुँदा

काठमाडौँ : मंगलबार बिहान सिंगापुरमा सम्पन्न ट्रम्प–किम वार्तामा चार बुँदे सहमति जुटेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्तापछि दुवैले बृहत् सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा विस्तृतमा के लेखिएको छ भन्ने सार्वजनिक नभए पनि सम्झौतामा चार बुँदा देखिएको छ।  ट्रम्पले सम्झौतालाई बृहत् र महत्त्वपूर्ण भनेका छन्।

हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले फोटो खिच्नकालागि देखाइएको सम्झौतापत्रमा स्पष्ट रूपमा चार वटा बुँदा देखाइएको छ। 

यी हुन् सम्झौताका बुँदा:


१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। 

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने। 

३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने। 

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ। 
यो सहमतिलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना हुँदै छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell