'सानैदेखि कि त साइन्स पढ्छु, कि खेलाडी बन्छु भन्थी,' केही क्षणको मौनता तोड्दै चमेली मगर बोलिन्, 'मलाई छोरीको सपना देखेर डर लाग्थ्यो। कसरी साइन्स पढाउनु, कसरी खेलाडी बनाउनु?’
आमाको बोली फुट्दै गएपछि सँगै रहेकी संगीताले मुन्टो निहुराइन्। उनको मुहारको अनौठो भावले हुनुपर्छ आमा चमेली पनि मौन भइन्। कोठामा सन्नाटा छायो। पिन ड्रप साइलेन्स...।
वसन्तपुर जैसीदेवलको एउटा पुरानो घरको दोस्रो तल्लामा छौं हामी। काठको साँघुरो र होचो भर्याङ चढेपछि आउँछ संगीता बस्ने कोठा। यो साँघुरो कोठामा घाम छिर्दैन। भित्तामा भूकम्पका निसानी प्रस्ट छ। त्यही चर्किएको भित्तामा झुन्डिएको छ, एउटा फ्रेम। फ्रेमभित्र दिवंगत राजा वीरेन्द्रको परिवार मुस्कुराइरहेको फोटो छ। छेउमै छ, नेपालको झण्डा। दुई दर्जन बढी ‘गोल्ड मेडल’ पनि भित्तामै टाँगिएको छ। र्याकमा विनोद चौधरीको आत्मकथादेखि नारायण वाग्लेको पल्पसा क्याफेसम्मका किताब अटाएको छ। यही कोठामा टिभी, दराजदेखि दर्जनौँ सामान अटेको छ। लो बेडमा बसेका छन्- आमा र छोरी। संगीताले अनुहार छोप्न मफलर लगाएकी छैनन्।
'कस्सम, मेरी छोरी सारै ज्ञानी थिइ। कसैसँग मनमुटाव थिएन। मजदुरी गरेर भए पनि परिवारमा सुख शान्ति थियो,’ अँध्यारो कोठाभित्रको सन्नाटा तोड्दै चमेली बोल्छिन्, ‘यस्को कर्म यस्तै रै’छ। न साइन्स पढ्न पाइ, न खेलाडी बन्न नै।'
संगीता अझै चुपचाप कुनामा बसिरहेकी छिन्। कुराको मेलोमा बेलाबेलामा चमेली भावुक हुन्छिन्। घरिघरि मुस्कुराउँछिन् पनि। अनि फेरि मौन। अतितको स्मृतिले आँखामा आँसु छचल्किरहन्छ। आमाको भोगाइ सुनेर संगीता 'खिन्न' देखिन्छिन्।
चमेलीको भरपर्दो जागिर थिएन। न उनको श्रीमान् प्रेमको नै। बिहान बेलुका हात मुख जोर्न धौ धौ। आयको आधार भनेको ज्याला मजदुरीमात्रै। बिहानदेखि घर व्यवहार, दिनभर ज्याला मजदुरी र साँझमा परिवार सबै एकै ठाउँ। संघर्षसहितको उनीहरुको दैनिकी यस्तै थियो, सपनाको संसार भने बेग्लै।
चमेली कहिले क्याटरिङको भाडा माझ्थिन्। कहिले कालिमाटीबाट तरकारी किनेर फुटपाथमा बेच्थिन्। उनका श्रीमान् प्रेम पनि क्याटरिङमा काम गर्थे। छोरा पनि त्यहीँ हेल्पर। सबैको जोडबलले अभावबीच सन्तोष थियो, खुशी पनि।
संगीताको सपना थियो- साइन्स पढ्ने। दोस्रो विकल्प - तेक्वान्दोको राष्ट्रिय खेलाडी बन्ने। चमेलीसँग पनि केही थान सपनाहरु थिए-
पहिलो, संगीताको सबै सपना पूरा गर्ने।
दोस्रो, आफ्नोजस्तो दु:खी जीवनबाट छोरीलाई मुक्ति दिने।
सपना पूरा हुनेमा उनीहरु निश्चिन्त थिए। तर, अकस्मात बज्रपात आइलाग्यो यो परिवारमा। १६ वर्षको कलिलो उमेरमा अनायसै संगीताले एसिडको राप सहनुपर्यो। परिवारका सपना र योजना पनि क्षतविक्षत भए।
तेक्वान्दोमा पहिलो डन हासिल गरिसकेकी थिइन्। त्यो घटना हुन्थेन भने संगीता यतिबेला तेक्वान्दोको स्टार खेलाडी भइसक्थिन्, सायद। देशको लागि अन्तर्राष्ट्रिय खेल खेलिरहेकी हुन्थिन्। हातमा मेडल हुन्थे, अनुहारमा बेग्लै चमक। अनि हिँड्नुपर्ने थिएन, अनुहार छोपेर। नाम र दाम दुइटै हुन्थ्यो। भाँडा माझेर परिवारको जीवन निर्वाह गर्नुपर्ने चमेलीको बाध्यता पनि सायद अन्त्य हुन्थ्यो। एउटा घटना, जसले सबै सपनालाई बालुवाको घर झै ढालिदियो।
***
चार वर्षअघिको फागुन १०। कुहिरो लागेर दिन धुम्म थियो। चमेली बिहानै उठेर घरायसी धन्दा गर्न थालिन्। संगीता ट्युसन पढ्न् गइन्। त्यसको एकैछिनमा बाहिर कोही चिच्याउँदै कराएको आवाज सुनियो। चमेलीले झ्यालबाट चिहाउँदा बाहिर संगीता दौडिँदै थिइन्। विभत्स अनुहार, आधा शरीर कालै डढेको। शरीरबाट मासु फतफति गलिरहेको। लुगा त खरानीमात्रै। चमेलीको कानमा पर्यो, 'लौन नि कस्ले एसिड फ्याँकेछ।'
छोरीको अवस्था देखेर चमेलीको होस ठाउँमा रहेन। के गर्ने, कसो गर्ने ठम्याउनै सकिनन्। पानी खन्याइदिइन् संगीतामाथि। छोरी बेहोश। 'दूध खन्याएको भए एसिडले शरीर भित्रैसम्म गल्दैनथ्यो भन्ने सुनेँ, थकथक लाग्यो,' मलिन स्वरमा भनिन्।
हतार हतार गरेर नजिकैको वीर अस्पताल पुर्याइयो। विभत्स शरीर देखेर वीरले भर्ना लिएन। सँगै एसिडको सिकार भएकी सीमा बस्नेत भने वीरमै भर्ना भइन्। संगीतालाई काठमाडौं मेडिकल कलेज सिनामंगल लगियो।
केएमसी अस्पतालमा बिताउँदाका दिन चमेलीका लागि सबैभन्दा पीडादायी थिए। मिडियामा आउने खबरले घाउमा नुनचुक छरेजस्तै भइरहन्थ्यो। अनुसन्धान गर्ने प्रहरीको प्रश्नले मन भतभती पोल्थ्यो। अपराधी पत्ता लाग्ने कुनै संकेत नमिल्दा झनै डराएकी थिइन् उनी। 'किन यस्तो भयो केही जवाफ पाएको थिइन। ती दिन कसरी सम्झुँ? त्यस्तो पीडा व्यक्त गर्न शब्द छैन,’ भनिन्।
ठ्याक्कै सात दिन लाग्यो संगीतालाई होश आउन। 'नरुनू ममी म चाँडै ठीक हुन्छु,' होसमा आएपछि संगीता बोलिन्। त्यसपछि सुरु भयो, प्रहरीको अनुसन्धान।
प्रहरीहरु आएर सोध्थे।
‘तिमीलाई कसैले मन पराउँथ्यो?’
‘तिमीलाई कसैले प्रप्रोज गरेको थियो?’
‘कोही केटामाथि शंका छ?’
‘कोही केटालाई नराम्रो गरेकी थियौ?’
भर्खर व्युँतेकी छोरीलाई प्रहरीले गर्ने प्रश्नले चमेली छट्पटाउँथिन्। एक्लै हुदाँ रुन्थिन् पनि। तर, संगीताको अघिल्तिर मुस्कानले आँसु र दु:खलाई ढाक्थिन्।
छोरी एसिड आक्रमणमा परेर जीवन र मृत्यसँग जुध्दै गर्दा आमासामुका प्रश्न उत्तिकै बिझाउने हुन्थे।
सोध्थे -
'तपाईँको कोही परपुरुषसँग सम्बन्ध थियो रे नि?'
'तपाईँकै कारण छोरीलाई बदला लिएको हो रे नि?'
'तपाईँको को-कोसँग अनैतिक सम्बन्ध थियो?'
केरकार गर्न पुगेका प्रहरीका प्रश्न यस्तै हुन्थे। अनुसन्धानमा सहयोग गर्न जे पनि सहनुपर्थ्यो। उनी विगत कोट्याउँछिन्, 'घाउ त उसलाई लागेको थियो। पीडा मैले पनि खेपिरहेँ।'
***
अर्को दिन
वसन्तपुर नव आदर्श स्कुलको प्रांगणमा छाता ओडेर उभिएकी छिन् संगीता। उनले पुरै अनुहार मफलरले छोपेकी छिन्। त्यसमाथि कालो चस्मा। जिन्सको निलो ज्याकेट र जिन्सकै प्यान्ट। अनुहार छोपिएकाले दाग देखिन्न।
'कस्तो धेरै गर्मी है,' हामीलाई देख्नासाथ बोलिन्। हामी उनीसँगै डुल्न थाल्यौं, काल भैरव मन्दिरदेखि नजिकैको नाइन्टी-नाइन मार्केटसम्म। त्यही डुलाइमा उनले अतित कोट्याउँदै छिन्।
उनी ट्युसन क्लासमा थिइन्। टिचर क्लासमा आइपुगेका थिएनन्। सीमा बस्नेतलाई गोश्वारा भौचर भर्न सिकाउँदै थिइन् उनी। त्यतिकैमा ढोका 'ड्वाङ्ग' गरेको आवाज आयो। त्यता के हेरिन्, अनुहार निथ्रुक्क भिज्यो।
होली नजिकिँदै थियो।
‘यति बिहानै कस्ले हान्यो लोला?’ सीमाको आवाज सुनियो। त्यतिन्जेल भतभत पोल्न थालिसकेको थियो उनलाई।
'कसैले तातोपानीले हान्यो होला' भन्ठानिन्। दौडिँदै घर जाँदा लुगा बाटोमै फुस्किसकेको रहेछ, थाहै भएन। आमाले पानी हालेपछि थाहा भो- शरीरमा एसिड परेको। आमालाई अंगालो हालिन्। शरीर सहनै नसक्ने गरी पोलिरहेको थियो। दिमाग शून्य। त्यसपछि बेहोश।
होसमा आउँदा केएमसी अस्पतालको बेडमा। भर्ना गरेको सातौं दिन थियो त्यो। आमालाई हेरिन्, आमै बिरामी झै लाग्यो। यतिमात्र बोल्न सकिन्- 'नरुनु आमा म चाँडै ठीक हुन्छु।'
त्यसपछि देखिन् आफ्नो शरीर। आफ्नो अनुहार। संसार फनफनी घुमेजस्तो भयो। बल्लतल्ल याद भो कसैले केही फ्याँकेको- तर, को थियो त्यो?
रिंगटा लाग्यो। केही ठम्याइनन्। भनिन्, 'कतिबेला आमाहरु कतै जान्छन् र अस्पतालबाट हामफालुँ जस्तो भो। आत्महत्या गर्नेबाहेक अरु केही सोच आएन।'
अहिले पनि एसिडको घाउले भतभती पोलिरहन्छ। जिन्दगीभर नै पोल्छ जस्तो लाग्छ उनलाई। बारम्बार आत्महत्या गर्ने सोच आउँछ मनमा। सोच्छिन्- आफू मरेपछि को होला बुबाआमाको सहारा? घरजग्गा बेचेरै भएपनि सर्जरी गराउन तयार बुबाआमाको विश्वासलाई घात गर्न सक्दिनन् उनी।
जीवन सकसपूर्ण छ संगीताको। अँध्यारो कोठामा निस्सास्सिएकी छिन् उनी। उनलाई नै थाहा छैन कुन मोडमा गएर के हुन्छ? भन्छिन्, 'मलाई पहिलेको जस्तो सामान्य जीवन चाहियो। तर कसरी?'
संगीता चाहन्छिन्, बाहिर निस्किँदा सबैले 'तेस्रो ग्रहको' मान्छे जसरी नहेरोस्। त्यस्ता प्रश्न नगरुन् जसले मुटु छियाछिया पारोस्। तर, रोक्छ कसले?
मन बाँधेरै अनि बाहिर निस्कन्नन्। सुनाउँछिन्, 'मेरा पनि सपनाहरु छन्। चाहना, इच्छाहरु छन्। अनुहार देखाएर हिँड्छु भन्ने मन छ। तर, मानिसहरु त्यो नमीठो अतित सम्झाइदिन्छन्, जुन म सम्झन चाहन्न।'
***
संगीता आफूजस्तै किशोरीहरुका लागि केही गर्न चाहन्छिन्। आफ्नै के हो पत्तो नाइ, अरुको के गर्ने? अन्धकार देखेकी छिन् भविष्य।
अस्पतालको बेडमा हुँदा उनको उपचार र शिक्षा सरकारले बेहोर्ने भनिएको थियो। तर, यहाँ बोलेको पुग्छ कहाँ? अस्पतालमा पुगेर 'नआत्तिनु हामी सहयोग गर्छौं' भन्नेहरुको मुख त्यसयता देखेकी छैनन्। पैसा नभएकै कारण सर्जरी रोकिएको छ। औषधिको पैसा लिन पनि धेरै ठाउँ धाउनुपर्छ।
अर्को दिन
फेरि, संगीता बस्ने कोठामा छौं हामी। मध्याह्नको समय टोल सुनसान छ। दुई आमा छोरी खाना खाएर बसेका छन्। संगीता मोबाइलमा अनलाइन गेम खेलिरहेकी छिन्। चमेली संगीतालाई हेर्दै भन्छिन्, 'बाहिर हिँड्डुल गर भनेको मान्दिन। धुम्धुम्ती बस्छे, गेमको 'एडिक्ट' भइसकेकी छे।' संगीता मुस्काउँछिन् मात्रै।
चमेली अस्पतालको प्रसंग सुनाउँछिन्- २०७२ वैशाख १२ गते केएमसी अस्पतालमै थिइन् उनी। भूकम्प आयो। लिफ्टबाट झर्दा लिफ्ट नै बन्द। त्योबेला प्रत्येक सेकन्ड खतरा महसुस हुन्थ्यो। कुन बेला अप्रिय समाचार सुन्नुपर्छ भन्ने डरले रातभर जागै बस्थिन्।
त्यसयता डर र पीडाले साथ छाडेन। चिन्ता संगीताकै। सुनाउँछिन्, 'छोरीको अनुहार देख्यो कि मन भतभती पोल्छ। सहन नसक्ने पीडा हुन्छ।'
संगीता र्याकबाट मलम झिकेर लगाउन थाल्छिन्। दिनहुँ महँगा मलमले घाउ पुर्नुपर्छ। मलम नलगाए सर्जरी गर्न मिल्दैन। सर्जरी रोकिएका कारण ‘करुणाका पात्र’ भएको अनुभूति गर्छिन्। आफ्ना लागि आफै गर्छु भन्दै आमालाई सम्झाउछिन् पनि। तर, आफैँमा केही गर्न सक्छु भन्ने आत्मविस्वास हराउँदै गएको छ। भन्छिन्, 'म अझै अनुहार देखाएर हिँड्न सक्ने भएको छैन।'
चमेलीले र्याकबाट फोटो एल्बम झिकिन्। पुरानो फोटो देखाइन्।
'मेरी फूलजस्ती छोरी। के सोचेको थिएँ, के भयो,' भन्छिन्, 'यो त मेरो मुटुको घाउ हो, जिन्दगीभरि दुखिरहन्छ। यस्ले मैले भन्दा धेरै दु:ख पाउँछे बाँचुन्जेल।'
आमाछोरी दुवै एक अर्कालाई हेर्छन्। चमेलीको गहभरि आँसु छल्किन्छ। बोल्न खोज्छिन् गला अवरुद्ध हुन्छ।
***
चमेली बारम्बार सोच्छिन्, सर्जरी गर्न सकेमात्रै पनि छोरी बाहिर हिँड्डुल गर्न सक्थी। मान्छे भएको महसुस गर्थी। सन्तोषको सास फेर्थी। उनको अनुभवले भन्छ, गरीब भएकै कारण जिउँदो लास भएर बाँच्नुपरेको छ। हरेक दिन उनको मन मष्तिष्कमा एउटै प्रश्न घुम्छ - 'हामी मरेपछि के होला यसको?'
चमेली बोल्दै थिइन्, संगीता सुँक्कसुकाउन थालिन्। कोठामा फेरि सन्नाटा छायो। केही छिनपछि बोलिन्, 'म सबैका लागि बोझ जस्तै भएँ। न मर्न सक्छु, न बाँच्दा सुख नै छ।'
प्रसङ्ग फेर्न मन लाग्यो। भित्तामा टाँगिएका मेडल देखाउँदै त्यसको कुरो उप्काएँ।
संगीताले मेडल झिकिन्। चमेली बोल्दै गइन् -
'मेरो छोरी धेरै ठाँउमा खेल्न पुगेकी छे।'
'यो सिन्धुपाल्चोकमा जितेको, त्यो भारतमा।'
'धेरै ठाउँमा अरुको भाग नि जितेर आएकी थिइ।'
'आफ्नै सिनियर दिदीलाई पनि जितेकी थिइ।'
माहोल परिवर्तन भयो। मेडलबारे बताउँदै गर्दा आमा छोरी दुवैका आँखामा सन्तुष्टि र निराशा दुवैको भाव मिसियो। निस्किने बेलामा संगीताले करेसाबारी देखाइन्। केही तरकारी लगाएकी छिन् उनले। भनिन्, 'दिक्क लागेको बेलामा करेसाबारीमा झरेर गोडमेल गर्छु।'
अर्को दिन,
मध्याह्नको १२ बजे त्यही कोठा। चमेली उनका श्रीमान् प्रेम र संगीता सँगै छन्। प्रेम एकसाता यता बिरामी भएकाले काममा जान सकेका छैनन्। छोराले पढाइ छाडेकाले छोरीलाई धेरै पढाउने सपना थियो। त्यो सपना बाहेक अब छोरीलाई पहिले झै बनाउने सपनाको बोझ थपिएको छ। तैपनि हिम्मत हारेका छैनन्।
घटनाको २८ दिनपछि जीवन विक नामका युवक पक्राउ परे। त्यतिले चित्त बुझ्ने कुरा थिएन।
'के कारणले हान्यो त एसिड?'
विकले बयानमा ‘तल्लो जात भनेर हेपेको’, ‘संगीतासँग प्रेममा रहेको’ बयान दिए। बयानलाई ‘झुटो’ भन्छिन् उनी। भन्छिन्, 'उसँग हाम्रो पारिवारिक सम्बन्ध पनि थिएन। ऊ ब्याच्लर पढ्ने, म १० मा थिएँ। बच्नका लागि धेरै झुट बोल्यो।'
संगीताको कुरामा सहमति जनाउँछन् प्रेम र चमेली।
घटनापछि पटक पटक पुलिस थाना धाए प्रेम। अस्पतालमा दिनरात कुरुवा। न काममा जान पाए, न त राम्रोसँग खान नै। परिवारमाथिको त्यो बज्रपातबाट अझै उठ्न सकेको छैन यो परिवार। आर्थिक र सामाजिक रुपमा धेरै अफ्ठ्यारो छ उनीहरुलाई। बाहिर काममा हुँदासम्म ठीक हुन्छन् उनी। जब घर आएर छोरीलाई देख्छन् मन पोल्न थाल्छ, उनको अवस्था फेर्ने हुटहुटी जाग्छ। सुनाउँछन्, 'त्यसैले छोरीको खुशीको लागि धेरै गर्न बाँकी छ। अब उसको खुशी नै हाम्रो खुशी हो।'
कोठाभित्र तीनै जना एक अर्काको अनुहार हेर्छन्। बह पोखेकाले हुनुपर्छ, केही सन्तुष्टि देखिन्छ मुहारमा।
पाँच पटकभन्दा बढी सर्जरी भइसकेको छ तर पनि अझै केही नियमित सर्जरीहरु बाँकी छन्। त्यसका लागि आर्थिक जोहो कसरी गर्ने, उनीहरु अन्यौलमा छन्।
उनीहरुको उदास आँखामा संगीताको जीवन र भविष्यप्रति थोरै नै सही आशाका किरण बाँकी छ। एसिडले खनेको घाउ पुर्न सके भने सायद त्यो किरणले संगीता र उनको परिवारको जीवनमा नयाँ प्रकाश फैलाउने छ, निश्चय पनि।
सम्बन्धित समाचार :
फेरि ती दिन सम्झन चाहन्न …!
सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’
आरोपी जेल गएपछि तेजाब आक्रमणबाट पीडित किशोरीहरु यसो भन्छन्
२६ दिनपछि तेजाब आक्रमणकारी सार्वजनिक
प्रेम, पारिवारिक तनाव र बदला लिन एसिडको सहारा