PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व सांसद अनिल रुंगटाका भाइ अनोज पक्राउ, नक्कली समान बिक्री गरेको आरोप



राधेश्याम पटेल

पूर्व सांसद अनिल रुंगटाका भाइ अनोज पक्राउ, नक्कली समान बिक्री गरेको आरोप

वीरगंज : वीरगंजका व्यवसायी एवं पूर्व सभासद् अनिल रुंगटाका भाई अनोज रुंगटालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले आदर्शनगरमा रहेको अनोजको विशाल हार्डवेयर पसलमा छापा मारेर उनलार्इ प्रहरीले पक्राउ गरेको हो। जगदम्बा समूहका सदस्य तथा जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक अनोजमाथि नक्कली भारतीय ‘रेती’ बिक्री गरिहेको पर्सा प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलार्इ पक्राउ गरेको हो।

भारतीय रेती कम्पनी जेके फाइल एण्ड टुल्स इण्डिया लिमिटेडले आफ्नो उत्पादन नक्कल बिक्री गरेको आरोपसहित प्रहरीमा उजुरी गरेपछि अनोजलार्इ पक्राउ गरिएको हो।

प्रहरीले छापा मार्दा चार इन्चको एउटा डब्बामा १० पिस रेती भएको ३५५ डिब्बा नक्कली रेती बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

‘प्रहरीमा उजुरी परेपछि अनोज रुगटालाई सोधपुछको लागि ल्याइएको छ, अहिले अनुसन्धान भइरहेको छ,’पर्साका एसपी ढकालले भने । प्रहरीले छापा मारेपछि ६ सय डिब्बा रेती काठमाडौंको एउटा सप्लायर्सबाट खरिद गरेको र जस मध्ये २ सय ४५ डिब्बा बेचेको बयान दिएका छन्।

जेके कम्पनीको नक्कली रेती आफूले उत्पादन नगरेको उनले दावी गरेका छन्। नक्कली रेतीमा एमआरपी ५ सय १० रुपैयाँ लेखिएको छ तर सक्कलीमा मूल्य छैन। भारतीय कम्पनीका बजार अधिकृत पंकज गुप्ताका अनुसार अनोजले चीनबाट जेके ब्राण्डमै सामान बनाएर ल्याउने गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell