PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

२३ वर्ष पुरानो यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाबाट जोगियो



नरहरि पौड्याल

२३ वर्ष पुरानो यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाबाट जोगियो
फाइल फोटो

पोखरा : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ। काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको ९एन-एएचयु  कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो। 
 
अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे मैदानमा जोतिन पुगेको थियो।
 
पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार जहाजका सम्पूर्ण यात्रु सकुसल छन्। ‘जहाज धावन मार्गबाट २५ मिटर जति पर घाँसे मैदानमा जोतिन पुगेनको छ,’ उनले भने। 
 
विमान चिप्लिए पनि रनवेमा असर नपरेका कारण अन्य उडान र अवतरण भने यथावत छ। 
 
काठमाडौंबाट इन्जिनियरको टोली बोलाएर आइतबार नै विमानको मर्मत गर्ने तयारी भइरहेको छ। यति एयरलाइन्सको यो विमान २३ वर्ष पुरानो हो। यसले पहिलो उडान सन् १९९५ को अगस्त २५ मा गरेको थियो। 

पहिले ट्रान्स स्टेट्स एयरलाइन्सको स्वामित्वमा रहेको यो विमान सन् २००६ को अप्रिलदेखि यति एयरलाइन्सले किनेर चलाउन थालेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell