PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली प्रदेशमा तीन महिना अघिको सूचना, आजमात्र थाहा पाए सांसदले



पी बी खड्का

कर्णाली प्रदेशमा तीन महिना अघिको सूचना, आजमात्र थाहा पाए सांसदले

सुर्खेतः नामाकरण र स्थायी राजधानी तोकिएको राजपत्रमा प्रकाशित सूचना कर्णाली प्रदेश सभामा आईपुगेको छ। प्रकाशित भएको झण्डै तीन महिनापछि उक्त सूचना आईपुगेको हो। 

२०७४ फागुनको १२ गते बसेको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण र स्थायी राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने निर्णय गरिसकेको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त सूचना छपाएको छ। मन्त्रालयले काठमाडौँमा राजपत्रको तल उल्लेख छ। 

निर्णय भएको २ दिनमै राजपत्रमा सूचना प्रकाशित गरेको बताईए पनि प्रदेशसभा बैठकमा आज जानकारी गराईएको छ। प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले उक्त जानकारी दिएका थिए। 

उक्त राजपत्रमा प्रकाशित सूचनामा प्रकाशित मिति २०७४ फागुन १४ गते उल्लेख गरिएको छ। प्रदेश सभाले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयन हुने प्रावधान रहेकाले हाल सम्म कतिपय प्रदेश सरकारकै जिम्मेवार पक्षले औपचारिक कार्यक्रममा ६ नम्बर प्रदेश लेख्दै राख्दै आएका थिए। 

जानकारी पाए लगत्तै अधिकांश सांसदहरुले समयमै जानकारी नगराएको भन्दै आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले फागुन १४ गते प्रकाशित भएको सूचना आज असार ३ गते पाउनु १७ औं शताब्दी जस्तो भएको बताए। ‘फागुन १४ गते प्रकाशित भएको सूचना आज हात प¥यो।’ उनले भने,‘यो १७ शताव्दी जस्तो भयो।’ 

त्यस्तै, नेपाल कम्यूनिस्ट पार्टी (ने क पा) का सचेतक गुलावजंग शाहले पनि असन्तुष्टि पोखे। फागुन १४ गते राजपत्रमा प्रकाशित भएको हो भने तत्कालै संसदलाई जानकारी दिइनु पर्ने उनको भनाई थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell