PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओली चीन प्रस्थान, ‘ऊर्जा तथा रेलवेका विषयमा सम्झौता हुने’



पहिलोपोस्ट

प्रधानमन्त्री ओली चीन प्रस्थान, ‘ऊर्जा तथा रेलवेका विषयमा सम्झौता हुने’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विमानबाट  बिहान ९ बजे ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्। 

प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए। 

यस्तै नेकपाका शीर्ष नेताहरु पनि विमानस्थलमा पुगेका थिए। माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, देव गुरुङ लगायतका नेताहरु विमानस्‍थल पुगेका थिए।


चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। यस्तै, ऊर्जा, रेल्वे लगायतका सम्झौता पनि भ्रमणका अवसरमा हुँदैछ। द्धिपक्षीय सम्झौता हुनेबारे प्रधानमन्त्रीले ओलीले सोमबार संघीय संसद्को बैठकमा जानकारी गराएका थिए। 

भ्रमणमा केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग को डीपीआर निर्माणको सम्झौता हुनेछ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारुदेखि थप केही नाका खोल्ने विषयमा समझदारी हुने पनि प्रधानमन्त्रीले यसअघि बताइसकेका छन्। 
यस्तै, सन् २०१६ को भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे पनि द्धिपक्षीय छलफल हुनेछ। भ्रमणका अवसरमा नेपाल र चीनबीचका परियोजना अनुगमन तथा समस्या समाधानका विषयमा सम्झौता हुनेछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त विषयमा निर्णय गरिसकेको छ। 


नुवाकोट, ललितपुर तनहुँमा चिनियाँ सहयोगमा इन्धन भण्डारण केन्द्र निर्माण सम्बन्धी विषयमा पनि सम्झौताको तयारी गरिएको छ।

विद्युत् प्रसारण लाइन, नाका व्यवस्थापन, बाहिरी चक्रपथ निर्माण लगायतका पूर्वाधार विकासबारे पनि भ्रमणका अवसरमा छलफल हुनेछ। 
प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्कने कार्यक्रम छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell