PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नाइजेरियाविरुद्ध खेल्न नमानेपछि कालिनिकलाई घर पठाइयो, यी हुन् बीचमै विश्वकप छाड्ने स्टारहरु



पहिलोपोस्ट

नाइजेरियाविरुद्ध खेल्न नमानेपछि कालिनिकलाई घर पठाइयो, यी हुन् बीचमै विश्वकप छाड्ने स्टारहरु

रसियामा भइरहेको विश्वकप अन्तर्गत नाइजेरियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न नमानेपछि क्रोएसियाका फरवार्ड निकोला कालिनिकलाई घर पठाइएको छ।

३० वर्षे कालिनिकको स्थानमा अब अर्को खेलाडी राख्न पाउने छैन र क्रोएसियाले २२ खेलाडीबाटै बाँकी रहेको खेल खेल्नुपर्नेछ।

एसी मिलानका खेलाडीसमेत रहेका कालिनिकले ब्याक इन्जुरीको कारण देखाउँदै खेल्न नमानेको र विश्वकपअघि ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा त्यसै गरेका थिए।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले आफ्नो खेलाडीहरु फिट हुनुपर्ने र खेल्न तयार हुनुपर्ने बताएका छन्।

सन् २००९ देखि २०११ सम्म ब्ल्याकवर्न रोभर्समा खेलेका कालिनिकले क्रोएसियाका लागि ४१ खेल खेल्दै १५ गोल समेत गरिसकेका छन्। उनले लगातार चौथो खेल बेन्चमा रहेर सुरुवात गरेका थिए।

‘नाइजेरियाविरुद्धको खेलमा कालिनिक वार्म अफ गरिरहेका थिए र दोस्रो हाफमा मैदान छिर्ने सम्भावना थियो तर उनले त्यसपछि आफू खेल्न तयार नरहेको बताए।’, प्रशिक्षकले डालिचले भने।

क्रोएसियाले समूह डी को पहिलो खेलमा नाइजेरियालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको छ।

 

विश्वकपको बीचमै घर फर्कने कालिनिक पहिलो खेलाडी भने होइनन्। अर्जेन्टाइन लेजेण्ड डिएगो म्याराडोनासहित यी ५ खेलाडी पनि बीचमै घर पर्किएका थिए।

 

बिलि जोहन्ट्सन, स्कटल्याण्ड

सन् १९७८ को विश्वकपमा ड्रग टेष्टमा असफल भएपछि स्कटिस फुटबल एसोसिएसनले उनलाई घर पठाएको थियो।

 

रोए केन, उत्तरी आयरल्याण्ड

सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपअघि रोए केन उत्तर आयरल्याण्डको टिम स्ट्यानडर्डबाट सन्तुष्ट हुन नसकेपछि घर फर्किएका थिए।

 

डिएगो म्याराडोना, अर्जेन्टिना

सन् १९८६ मा रअजेन्टिनालाई विश्वकप जिताएका डिएगो म्याराडवनाका लागि १९९४ को विश्वकप भने दुखद बन्यो। १९९० मा समेत अर्जेन्टिनालाई फाइनल पुर्‍याएका म्याराडोना १९९४ मा समूह चरणको बुल्गेरियाविरुद्धको खेलअघि ड्रग टेष्टमा फेल भएपछि घर फर्किएका थिए।

 

निकोलस एनेल्का, फ्रान्स

प्रशिक्षक रेमण्ड डोमेनेकसँग वादविवाद भएपछि फ्रान्सका फरवार्ड निकोलस एनेल्का सन् २०१० को विश्वकपबाट बिचमै घर पर्किएका थिए।

मेक्सिको विरुद्ध २-० ले पराजित भएको खेलको हाफटाइममा प्रशिक्षकमाथि अपशब्द बोलेको भन्दै एनेल्कालाई घर पठाइएको हो।

 

ज्लाट्को जाहोभिच, स्लोभेनिया

सन् २००२ को विश्वकप छाड्नेमा केन मात्र थिएनन् उनीसँगै स्लोभेनियाका जाहोभिच पनि बिचमै घर फर्किए।

स्पेनसँगको खेलमा सब्सिच्युट गरेको भन्दै प्रशिक्षक सेरको काटानेकसँग जाहोभिचको दुरी बढेको थियो। त्यसैले गर्दा स्लोभेनियन फुटबल संघले उनलाई घर फर्कायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell