PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकपमा आज ३ खेल : कोलम्बिया भर्सेस जापान, पोल्याण्ड भर्सेस सेनेगल र रसिया भर्सेस इजिप्ट



पहिलोपोस्ट

विश्वकपमा आज ३ खेल : कोलम्बिया भर्सेस जापान, पोल्याण्ड भर्सेस सेनेगल र रसिया भर्सेस इजिप्ट

रसिया विश्वकप २०१८ मा आज ३ खेल हुदैछन्। साँझ ५:४५ बजे समूह "एच" मा रहेका कोलम्बियाले जापानको सामना गर्दा पोल्यान्डले ८: ४५ बजे सेनेगलसँग खेल्दैछ। यसैसँग समूह चरणका पहिलो खेलहरु सकिनेछ।

यसैगरी ११:४५ बजे समूह ए मा रहेका आयोजक रसिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदैछ।

 

कोलम्बियाविरुद्ध जापान

कोलम्बिया र जापान दुवै राष्ट्र विश्वकपमा छैठौं पटक सहभागी हुँदैछन्। हालसम्म ३ पटक एकअर्काका विरुद्धको भिडन्तमा कोलम्बियाले दुर्इ पटक जापानलार्इ पराजित गरिसकेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। कोलम्बिया र जापान २०१४ विश्वकपमा पनि एकै समूहमा रहेका थिए। त्यसबेला समूह चरणको खेलमा भने कोलम्बियाले जापानलार्इ ४-१ गोल अन्तरले पराजित गरेको थियो।

२०१४ विश्वकपमा क्वाटरफाइनल सम्म पुगेको कोलम्बिया यसपटक पनि सोही लयमा रसिया विश्वकपमा प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ। वायर्न म्युनिखका मिडफिल्डर र विङ्गर रहेका जेम्स रोड्रिगेजले २०१४ विश्वकपमा राम्रो प्रदर्शन गरेका थिए। यसपालि पनि धेरैको नजर रोड्रिगेजमा रहनेछ। यस्तै राडेमेल फाल्काओ र कार्लोस बाक्का पनि कोलम्बियाली टिमका प्रभावशाली खेलाडी हुन्।

जापान २०१४ विश्वकपको पराजयको बदला लिएर समूहमा आफ्नो बलियो दाबेदारी दिने होडमा हुनेछ। युरोपियन भूमिमा जापान आफ्नो पछिल्लो ६ खेलमा पराजित हुँदै आएको छ। ब्लु सामुराइ भनेर चिनिने जापानले दक्षिण अमेरिकी राष्ट्रलार्इ अहिलेसम्म पराजित गरेको छैन। केसुके होन्डा, सिन्जी ‍ओकाजाकी, सिन्जी कागावा जस्ता खेलाडी जापानका स्टार खेलाडी हुन्।

 

पोल्यान्डविरुद्ध सेनेगल

पोल्यान्ड र सेनेगल पहिलो पटक एकअर्का विरुद्ध मैदानमा उत्रदैछन्।

२००२ मा पहिलो पटक विश्वकपमा छनौट भएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो। विश्वकपमा सेनेगलको यो दोस्रो सहभागिता हो। रसियामा पनि ब्राजिलमा झै सेनेगल समूह चरण पार गर्दै पहिले त राउण्ड अफ १६ मा पुग्ने लक्ष्य सेनेगलको रहनेछ। मौसा सो, सडियो माने, मौसा कोनाटे सेनेगलका प्रभावशाली खेलाडी हुन्।

२००६ पछि पोल्यान्ड विश्वकपमा छनौट भएको हो। पोल्यान्डले विश्वकपका ८ खेलमध्‍ये ६ खेलमा पराजय भोगेको छ। पछिल्लो विश्वकपको पहिलो ७ खेलमा पोल्यान्डले मात्र १ खेलमा विजयी हासिल गरेको छ। युरोपियन विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका रोबर्ट लेवान्डोस्की पोल्यान्डका कप्तान तथा प्रभावशाली खेलाडी हुन्।

 

रसिया र इजिप्ट

रसिया र इजिप्ट आफ्नो समूहको दोस्रो खेलमा आज खेल्दैछन्। उनीहरु पहिलो पटक एकअर्का विरुद्ध प्रतिस्पर्धामा उत्रदैछन्। विश्वकपको उद्घाटन खेलमा साउदी अरेबियालार्इ ५-० ले पराजित गरेको रसिया उच्च मनोबलका साथ इजिप्टका विरुद्ध पनि राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको छ। डेनिस चेरिसेभ, अर्टेम डय्जुबा, युरी ग्याजिन्सकीले साउदीविरुद्ध गरेको प्रदर्शनले रसियाली टिममा नयाँ जोश थपेको छ। आज इजिप्टलार्इ पराजित गरेर घरेलु टिम राउण्ड अफ १६ मा सहज प्रवेश पाउन कोशिसरत हुनेछ।

उरुग्वेसँग १-० ले पराजित भएको इजिप्ट आजको खेलमा विजयी हासिल गरी राउण्ड अफ १६ मा आफ्नो प्रवेशलार्इ सहज बनाउने लक्ष्यमा रहनेछ। पहिलो खेलमा मोहम्मद सालाह बिना खेलेको इजिप्ट आज उनको साथमा मैदानमा उत्रिनेमा धेरैले विश्वास गरेका छन्। पहिलो खेलमै खेल्ने भनेका सालाह चोटका कारण मैदान बाहिर रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell