PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्लेअर्स टु वाच : जेम्स रोड्रिगेज र सिन्जी कागावा



पहिलोपोस्ट

प्लेअर्स टु वाच : जेम्स रोड्रिगेज र सिन्जी कागावा

रसिया विश्वकप २०१८ अन्तर्गत समूह एच अन्तर्गत पहिलो खेलमा कोलम्बियाले जापानसँग प्रतिस्परधा गर्दैछ। चार वर्षअघि ब्राजिल विश्वकपमा समेत भिडेका यी दुई टोली आमने सामने हुँदा केही खेलाडीमाथि सबैको नजर हुनेछ। आजको खेलमा प्लेअर्स ६ वाचका रुपमा रहेका दुई खेलाडी

 

जेम्स रोड्रिगेज, कोलम्बिया

जेम्स रोड्रिगेज कोलम्बियाली फुटबल टोलीका स्टार खेलाडी हुन्। कोलम्बियाबाट ६३ खेलमा २१ गोल गरेका रोड्रिगेज वायर्न म्युनिखका एट्याकिङ् मिडफिल्डर र विङ्गर हुन्। विश्वकप छनोटमा उनले ६ गोल र ४ एसिस्‍ट गरेका थिए। पोर्टो, मोनाको, रियल मड्रिड, वायर्न म्युनिख लगायतका क्लबबाट खेलिसकेका उनले १०४ गोल गरेका छन्।

जेम्स रोड्रिगेजला-लिगा २०१४-१५ का वेस्ट मिडफिल्डर घोषित भएका थिए। रोड्रिगेजले सन् २०१४ विश्वकपको समूह चरण, राउण्ड अफ १६ र क्वाटर फाइनलमा गोल गरेका थिए। उक्त विश्वकपमा उनले ५ गोल गरेका थिए। २०१४ मा गोल्डेन बल जितेका रोड्रिगेजमाथि जापानसँग खेलमा सबैको नजर रहनेछ।
 

सिन्जी कागावा, जापान

जापानी फुटबल टोलीबाट ९२ खेलमा ३० गोल गरेका सिन्जी कागावा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्छन्। जापानी फुटबल टोलीका स्टार खेलाडी कागावाको जापानका अन्य खेलाडीहरु भन्दा धेरै ट्वीटर फलोवर्स भएका खेलाडी हुन्। सेरेजो ओसाका, म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमन्ड जस्ता क्लबबाट खेल्दै उनले १२३ गोल गरेका छन्। कागावा २०१२ एसियन अन्तर्राष्ट्रिय फुटबलर उपाधीबाट सम्मानित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell