PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्लेअर्स टु वाच : रोनाल्डो, सुआरेज, कोस्टा, अजमन



पहिलोपोस्ट

प्लेअर्स टु वाच : रोनाल्डो, सुआरेज, कोस्टा, अजमन

रसिया विश्वकप २०१८ अन्तर्गत आज पनि ३ खेल हुँदैछ। साँझ ५:४५ बजे समूह बी का पोर्चुगल र मोरोक्को भिड्दैछन् भने राती ८:४५ बजे समूह ए मा रहेका उरुग्वे र साउदी अरबबीच खेल हुनेछ।

यस्तै राती ११:४५ बजे समूह बी का स्पेन र इरान भिड्नेछन्।

यी तीन खेलमा हेर्नलायक खेलाडीका रुपमा रहेका स्टारहरु:

 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

रसिया विश्वकपमा स्पेनसँग समूह चरणको पहालो खेलमा ह्याट्रिक गरेर क्रिस्टियनो रोनाल्डोले आफ्नो क्षमता देखाइसकेका छन्। पोर्चुगललार्इ कहासम्म पुर्‍याउने भन्ने रोनाल्डोकै प्रदर्शनमा निर्भर रहन्छ। रोनाल्डो पोर्चुगल फुटबल टोलीका स्टार खेलाडी र प्रमुख गोलकर्ता हुन्। पोर्चुगलका लागी १५१ खेलबाट रोनाल्डोले ८४ गोल गरिसकेका छन्।

३३ वर्षिय रोनाल्डो रियल म्याड्रिडबाट फरवार्डका रुपमा खेल्छन्। रियल मड्रिड, म्यानचेस्टर युनाइटेड लगायतका क्लबबाट खेलेर उनले ५७३ गोल गरिसकेका छन्। मुख्यतय पोर्चुगल फुटबल टोली रोनाल्डोमा बढी निर्भर रहन्छ। त्यसैले पनि उनीमा धेरैले विश्वास गरेका छन्। रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ मा युरोकप जितेको थियो। रसियामा पनि राम्रो प्रदर्शन गरी रोनाल्डो पहिलो पटक पोर्चुगललार्इ विश्वकप उपाधी जिताउने लक्ष्यमा रहेका छन्।

 

हाकिम जिएच (मोरोक्को)

हाकिम जियेजले मोरोक्कोका लागी १९ खेलमा १० गोल गरेका छन्। हाकिम हाल अजाक्सबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्दै आएका छन्। विभिन्न क्लबमा रही उनले ६६ गोल गरिसकेका छन्। हाकिमलाई फुटबल टेक्निक र फ्रिकिक प्रहार गर्न सक्ने क्षमताबाट उनलार्इ धेरैले चिन्ने गर्छन्।

२०१६ मा मोरोक्कोका बेस्ट फुटबलरबाट सम्मानित भएमा हाकिमलार्इ २०१८ को डच वर्ष फुटबलरका रुपमा गोल्डेन बुट दिइएको थियो।

 

लुइस स्वारेज (उरुग्वे)

लुइस स्वारेजले आज उरुग्वेबाट आफ्नो सयौं खेल खेल्दैछन्। ९९ खेलमा उनले ५१ गोल गरिसकेका छन्। ३१ वर्षिय स्वारेज उरुग्वेका प्रमुख गोलकर्ता हुन्। लुइस स्वारेजले ८ विश्वकप खेलमा ५ गोल गरीसकेका छन्।

बार्सिलोनाबाट स्ट्राइकरका रुपमा खेलिरहेका स्वारेजलार्इ विश्वकै उत्कृष्ट फुटबलरको रुपमा लिने गरिन्छ। बार्सिलोना, लिभरपुल, अजाक्स लगायतका क्लबबाट खेलेर स्वारेजले हालसम्म ३७२ गोल गरिसकेका छन्। बार्सिलोनाका लागी मात्रै ला-लिगाको २०१७-१८ सिजनमा उनले ३१ गोल गरेका थिए। २०१६-१७ मा बार्सिलोनाबाट प्लेयर अफ डी सिजन बनेका स्वारेजले २०१५ मा फिफा क्लब वर्ल्डकप गोल्डेन बल र फिफा क्लब वर्ल्डकप गोल्डेन बुट प्राप्त गरेका थिए। 

 

मोहम्मद अल-सल्वाही(साउदी अरेबिया)

३१ वर्षिय मोहम्मद अल-सल्वाही साउदी अरेबियाका मुख्य गोलकर्ता हुन्। साउदीबाट २००६ देखि युवा टोलीमा खेल्दै आएका उनले ४१ खेलमा २८ गोल गरेका छन्। यस्तै अल-सल्वाहीले २०१० मा स्पेन विरुद्ध एक गोल गरेका थिए। हाल अल-नस्स्र क्लबबाट स्ट्राइकरका रुपमा फुटबल खेल्दै रहेका अल-सल्वाहीले उक्त क्लबका लागी ११९ गोल गरिसकेका छन्। आज उरुग्वेसँगको खेलमा जसरी पनि जित्नैपर्ने दबाबका बिच अल-सल्वाहीमाथि आफ्नो टोलीलार्इ जिताउनु पर्ने चुनौती रहेको छ।

 

डियगो कोस्टा (स्पेन)

२९ वर्षिय डियगो कोस्टा स्पेनिस फुटबल टिमका स्टार खेलाडी मध्ये एक हुन्। उनले स्पेनका लागी २१ खेलमा ९ गोल गरेका छन्। रसिया विश्वकपमा पोर्चुगलसँगको खेलमा उनले दुर्इ गोल गरी स्पेनिस टोलीलार्इ पराजयबाट बचाएका थिए। एट्लेटिको मड्रिडबाट स्ट्राइकरका रुपमा उनले प्रभावशाली खेल प्रदर्शन गरेका छन्। चेल्सी, एट्लेटिको मड्रिड लगायतका क्लबबाट खेली उनले १७१ गोल गरेका छन्। टोलीमा आत्मविश्वासका साथ खेल्ने कोस्टामाथि साउदीसँगको खेलमा धेरैले अपेक्षा राखेका छन्।

 

सरदार अजमोन (इरान)

इरानका २३ वर्षिय युवा फुटबल रसरदार अजमोनले इरानी टोलीका लागी ३३ खेलमा २३ गोल गरेका छन्। सरदार अजमोनलार्इ इरानी मेसीका रुपमा समेत चिनिने गरिन्छ। उनी इरानका पाचौं उच्च गोलकर्ता हुन। रुबिन कजानबाट स्ट्राइकरका रुपमा खेल्ने अजमोन इरानी फुटबल टोलीका स्टार खेलाडी हुन्। हालसम्म विभिन्न क्लबमा आबद्ध भर्इ अजमोनले ३७ गोल गरिसकेका छन्। स्पेनसँग आज हुने भिडन्तमा सरदार अजमोनले इरानी टोलीलार्इ विजय बनाउन कडा परिश्रम गर्नुपर्नेछ। उनलार्इ युवा ज्लाटन इब्राहिमोभिकका रुपमा समेत हेर्ने गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell