PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइसीसीको फ्युचर टुर प्रोग्राम घोषणा : ९ देशबीच टेष्ट च्याम्पियनसिप, १३ देशको वान डे लिग हुने



पहिलोपोस्ट

आइसीसीको फ्युचर टुर प्रोग्राम घोषणा : ९ देशबीच टेष्ट च्याम्पियनसिप, १३ देशको वान डे लिग हुने

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले सन् २०१८ देखि २०2३ सम्म लागु हुने गरी फ्युचर टुर प्रोग्राम (एफटिपी)को घोषणा गरेको छ।

जसअनुसार शीर्ष ९ वरीयतामा रहेका ९ टिमबीच टेष्ट च्याम्पियनसिप र १३ राष्ट्रबीच वान डे लिग आयोजना हुनेछ। वान डे लिग सन् २०२३ को वान डे वर्ल्डकपको लागि क्वालिफाइङ इभेन्स समेत हुने आइसीसीले जनाएको छ।

आयोजक भारत बाहेक शीर्ष ७ स्थानमा रहने टिम २०२३ को वर्ल्डकपका लागि सिधै छनोट हुनेछन्। बाँकी ५ राष्ट्रले भने वर्ल्डकप क्वालिफायर खेल्नुपर्नेछ।

सन् २०१९ जुलाई १५ देखि २०२१ अप्रिल ३० सम्म पहिलो टेष्ट च्याम्पियनसिपमा टप र्‍याङ्कका ९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

दुई वर्षे साइकलमा प्रत्येक टिमले ६ वटा टेष्ट सिरिज खेल्नेछ र अन्त्यमा शीर्ष दुई स्थानमा रहने टिमबीच २०२१ जुनमा फाइनल हुनेछ र नयाँ टेष्ट च्याम्पियन बन्नेछ।

यसैगरी १२ टेष्ट नेशन र नेदरल्याण्ड्सहसित १३ राष्ट्रबीच सन् २०२० मे १ देखि २०२२ मार्च ३१ सम्म वान डे इन्टरनेशनल लिग हुनेछ। जसमा प्रत्येक टिमले दुई वर्ष साइकलमा ८ सिरिज खेल्नेछन्।

यसबाट शीर्ष ७ स्थान हात पार्ने टिम (आयोजक भारतबाहेक) सिधै २०२३ को वान डे वर्ल्डकपमा छनोट हुनेछ भने बाँकी ५ टिमले क्वालिफायरमार्फत वर्ल्डकपमा छनोट हुने दोस्रो अवसर पनि पाउनेछ।

एफटिपी खेल तालिका यहाँ क्लिक गरेर हेर्न सकिनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell