PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सुआरेजले सयौँ खेलमा निर्णायक गोल गर्दा उरुग्वे दोस्रो चरणमा, आयोजक रसिया पनि अन्तिम १६ मा, इजिप्ट र साउदी बाहिरियो

सुआरेजले सयौँ खेलमा निर्णायक गोल गर्दा उरुग्वे दोस्रो चरणमा, आयोजक रसिया पनि अन्तिम १६ मा, इजिप्ट र साउदी बाहिरियो

पहिलोपोस्ट /पहिलोपोस्ट


लुइस सुआरेजले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि उरुग्वेले रसिया विश्वकपको दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको छ।

समूह ए मा लगातार दोस्रो जितपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। उक्त नतिजापछि यसअघि नै लगातार दुई खेल जितेको आयोजक रसियाले पनि अन्तिम १६ मा स्थान बनाएको छ। रसिया र उरुग्वेले अब समूह चरणको अन्तिम खेल खेल्न बाँकी ५ र उक्त खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।

यता लगातार दुई खेल हारेपछि साउदी अरिबयासँगै इजिप्ट पनि समूह चरणबाटै बाहिरिएको छ। दुवैले रसिया र उरुग्वेसँगको खेल हारिसकेका छन् र अब प्रतिष्ठाको लागि समूहको अन्तिम खेल खेल्नेछन्। यसअघि समूह बी मा रहेको मोरोक्को लगातार दुई हार बेहवर्दै विश्वकपबाट बाहिरिसकेको छ।

रोस्तोभ एरेनामा उरुग्वेलाई जिताउन सुआरेजले खेलको २३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले कार्लोस सान्चेजको कर्नरमा गोल गरेका हुन्।

उक्त गोलसँगै सुआरेज ३ फरक विश्वकपमा गोल गर्ने पहिलो उरुग्वेली खेलाडी समेत बनेका छन्।

उरुग्वेको लागि सर्वाधिक गोलकर्ता समेत रहेको सुआरेजले १०० खेलमा ५२ गोल गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell