PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेइजिङमा के गर्दै छन् प्रधानमन्त्री ओली ? हेर्नुस ८ फोटोमा

बेइजिङमा के गर्दै छन् प्रधानमन्त्री ओली ? हेर्नुस ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


बेइजिङ : चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहानै देखि विभिन्न भेटवार्ता र कार्यक्रमहरूमा व्यस्त देखिएका छन्। 

प्रधानमन्त्री ओलीले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गरे। कार्यक्रममा भ्रमणमा रहेका मन्त्रीहरू र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत सहभागी थिए। 

उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले भेटवार्ता गरेका थिए। 

त्यस्तै प्रधानमन्त्री ओलीले आज बेइजिङस्थित चाइना कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे। 

सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरे। संग्रहालयमा चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् । 

त्यस्तै सीपीसीको पार्टी स्कुलले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भए। (फोटो: रासस)


ट्रेन्डिङ पोस्ट

Ncell