PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

३ लाख ४८ हजार जनसंख्या भएको आइसल्याण्डको यस्तो छ 'सेक्रेट अफ सक्सेस'



पहिलोपोस्ट

३ लाख ४८ हजार जनसंख्या भएको आइसल्याण्डको यस्तो छ 'सेक्रेट अफ सक्सेस'

काठमाडौं : पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्याण्डले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेर चर्चा कमायो। आज आइसल्याण्ड समूहचरणको दोस्रो खेलमा नाइजेरियासँग खेल्दै छ। 

एक लाख ३ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको आइसल्याण्ड तीन लाख ४८ हजार ५८० जनसंख्या रहेको देश हो। हालसम्म विश्वकप खेलमा सहभागिता जनाउने सबैभन्दा कम जनसंख्या भएको देशसमेत आइसल्याण्ड हो। 

आइसल्याण्डमा फुटबलले नयाँ घर फेला पारेको छ। यहाँको पुरुष तथा महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय तथा युरोपियन च्याम्पियनसीपमा अप्रत्यासित नजिता निकाल्दै आफूलाई प्रमाणित गरेको गाइड टु आइसल्याण्डले जनाएको छ।

वर्षमा तीन महिना मात्र घाम देखिने आइसल्याण्डले पछिल्लो पाँच वर्षमा आफूलाई प्रमाणित गर्दै फिफा वरियतामा ९१ स्थान फड्को मारेको छ। सन् २०१६ को युरोकपमा क्वाटर फाइनल यात्र तय गरेको आइसल्याण्डले रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यका साथ नाइजेरियासँग भिड्दैछ। 

आइसल्याण्ड ज्वालामूखि पर्वतले भरिएको खेलमैदानको अभावमा फुटबलको भविष्य देख्न समेत सपना जस्तै हुन्थ्यो यसअघि। १९५७ सम्म आइसल्याण्डको फुटबल टिमले घाँसे मैदानमा फुटबल खेल्न पाएको थिएन। 

आइसल्याण्डले सन् १९३० को जुलाई २९ मा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। त्यस्तै उसले सन् १९४६ को जुलाई २७ मा डेनमार्गसँगै फुटबल खेलेको थियो। जुन यो फिफासँगको सम्बन्धन थियो। जुन खेलमा आइसल्याण्ड ३–० ले पराजित भएको थियो। 
त्यसको अर्को वर्ष आइसल्याण्डले पहिलो अन्तर्राष्ट्रिय जित हासिल गर्यो। फिनल्याण्ड माथिको जितसँगै उसको फुटबल भविष्य अगाडि बढ्यो। १९७४ मा आइसल्याण्डले क्वालिफाइङ प्लेअफ म्याच खेल्न थालेको थियो। 

सन् २००४ को युरोकपमा सहभागी हुनबाट १ अंकले पछाडि परेको आइसल्याण्ड सन् २०१४ को विश्वकप प्लेअफमा क्रोसियासँग २–० को पराजयसँगै सहभागी हुनबाट वञ्चित भयो। 

सन् २०१५ मा आइसल्याण्डले फुटबलमा ब्रेकथ्रु गर्यो। नेदरल्याण्डलाई यस वर्ष दुई पटक पराजित गर्दै युरोकप २०१६ को ढोका खोल्यो। यरोकपमा क्वालिफाई भएसँगै फिफा वरियतामा २३ औँ स्थानमा उक्लियो। सन् २०१७ को जुलाई मा फिफा वरियतामा आइसल्याण्ड १९ सम्म पुगेको थियो। 

युरोकपको पहिलो खेल पोर्चुगलसँग आइसल्याण्डले बराबरी खेल्यो। आइसल्याण्डका विजोड खेलहरु सबै बराबरीमा रोकिए। पोर्चुगललाई बराबरीमा रोकेपछि उनीहरुले मनाएको उत्सवलाई देखेर पोर्चुगिज स्टार रोनाल्डोले भनेका थिए, ‘जसरी उनीहरु उफ्रिरहेका छन् मलाई लाग्यो उनीहरुले युरोकप नै जितेका छन्। यो विश्वास लाग्दो थिएन्। उनीहरु खेल खेल्नै खोजेका थिएनन्। खाली रक्ष, रक्षा र रक्षामै रोकिए। मेरो विचारमा उनीहरुको सानो मानसिकता देखाए र उनीहरुले प्रतियोगितामा केही गर्न पनि सक्दैनन्।’ 

रोनाल्डोको यो प्रतिक्रियाको जवाफमा आइसल्याण्डका कोचले भनेका थिए, ‘उनले जे सक्छन् त्यही गरुन तर हामी एक अंकमा खुसी छौँ।’  

डिफेन्डर कारी आर्नसनले त्यतिबेला भनेका थिए, ‘उनले खेल गुमाउन चाहँदैनथे उनले के हामीसँग के वार्सिलोनाको जस्तै खेलेको हेर्न चाहन्थे। हामीले उनीप्रति कुनै ध्यान दिन चाहन्नौँ।’ 

आइसल्याण्डमा २१ हजार ५०० दर्ता भएका फुटबल खेलाडीहरु रहेका छन्। 

आइसल्याण्डमा घरभित्र फुटबल खेलिन्छ। त्यहाँ फुटबल मैदानका लागि घर तयार गरिन्छ। किनकि यहाँको जाडोलाई छल्नका लागि घर बनाइन्छ। आइसल्याण्डमा ११ वटा यस्ता घर रहेका छन्। यस्तो घर फुटबल मैदानसँगै चेन्जिङ रुम, मेडिकल सुविधासहितका छन्। 

आइसल्याण्डका म्यानेर हमिर हलग्रिम्सन अहिले पनि पार्ट टाइम डेन्टिसको रुपमा काम गरिरहेका छन्। उनका सहायक व्यवस्थापकले युरोकपमा छनोट भए पछि जागिर छाडेका थिए। 

आइसल्याण्डका ९८ प्रतिशत जनताहरु आइसल्याण्डको खेल प्रत्यक्ष प्रसारण हेर्छन्। 

गोल किपर हानेन हल्डरसन फिल्म डिरेक्टर हुन्। आइसल्याण्डीक फिल्म स्टुडियो उनको पर्खाइमा छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell