PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

न्यूजिल्याण्डकी प्रधानमन्त्री ६ साता लामो सुत्केरी बिदामा



पहिलोपोस्ट

न्यूजिल्याण्डकी प्रधानमन्त्री ६ साता लामो सुत्केरी बिदामा

काठमाडौंः न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा अर्डेर्नले ६ साताका लागि सुत्केरी बिदा लिएकी छिन्। उनले बिहीबार मात्र आफ्नो पहिलो सन्तानलाई जन्मदिएकी छन्। देशकै सबैभन्दा ठूलो सार्वजनिक अस्पताल अकल्याण्ड हस्पिटलमा उनले ७.३ पोण्डकी छोरीलाई जन्म दिएकी हुन्। 

उनको अनुपस्थितीमा उपप्रधानमन्त्री विन्सटन पिटर्सले कार्यवाहक प्रधानमन्त्रीको रूपमा काम गर्ने छन्। अबको ६ साता उनले सुत्केरी बिदा लिने छिन्। उनी पहिलो महिला प्रधानमन्त्री हुन जसले सुत्केरी बिदा लिँदै छिन्। 

उनले आफ्नो इन्स्टाग्राममा तस्बिर सहित पोस्ट समेत लेखेकी छन्। उनले शुभकामना दिने सबैलाई तथा अकल्याण्ड सिटी अस्पतालको टिमलाई समेत धन्यवाद दिएकी छन्। 
 

प्रधानमन्त्री हुँदै गर्दा सन्तान जन्म दिने उनी प्रथम प्रधानमन्त्री भने होइनन्। यसभन्दा अगाडि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भुट्टोले प्रधानमन्त्री हुँदै गर्दा बच्चालाई जन्म दिएकी हुन्। 

प्रधानमन्त्री ज्याकिन्डाले गत जनवरीमा आफू बच्चालाई जन्म दिने घोषणा गरेकी थिइन्। ‘हामी एकदमै उत्साही छौँ र हामी हामी दुवैलाई (पति क्लार्क) यो थाह छ। यसमा न्यूजिल्याण्डले समेत हामीलाई पहिलो सन्तानका लागि सहयोग गर्ने छ। 

उनले आफ्नो पोस्टमा आफ्ना टेलिभिजन कार्यक्रम सञ्चालक पतिलाई घरमै बस्ने बाबुको रूपमा रहने बताएकी छन्। 

सन् २०१७ मा न्यूजिल्याण्डको सांसदले १८ देखि २२ हप्तासम्म तलवी सुत्केरी बिदा दिने नियम पारित गरेको थियो। तर प्रधानमन्त्री ज्याकिन्डाले ६ साता मात्र बिदा लिने छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell