PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउँछन्, न्यूनतम १.६ जीपीए नल्याउनेले कक्षा ११ मा भर्ना नपाउने



पहिलोपोस्ट

कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउँछन्, न्यूनतम १.६ जीपीए नल्याउनेले कक्षा ११ मा भर्ना नपाउने
फाइल फोटो

काठमाडौँः माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार सार्वजनिक भएको छ।  नतिजा सार्वजनिकसँगै विद्यार्थीहरूले कक्षा ११ का विषय छनोट सुरु गरेका छन्। ग्रेडिङ प्रणालीको नतिजा अनुसार विज्ञान समूहका विषय पढ्न विद्यार्थीले कम्तीमा जीपीए २.० ल्याउनु पर्नेछ।

परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै कक्षा ११ मा भर्नाका लागि न्यूनतम १.६ जीपीए अनिवार्य गरेको छ। सो समूहको नतिजा ग्रेडिङ प्रणाली सुरु भएयता हरेक वर्ष खस्किएको छ। २०७२ मा ८४ दशमलव ३३ प्रतिशत रहेकोमा ०७४ को नतिजामा ६५ दशमलव ९२ प्रतिशतमा सीमित भएको छ। २०७३ को तुलनामा यो वर्ष ६ दशमलव ४६ प्रतिशतले घटेको छ।

ग्रेडिङ नतिजामा १ दशमलव २० भन्दा कम ल्याउने विद्यार्थीले ग्रेड बढाउने परीक्षामा सहभागी हुन पाउनेछन्। आउँदो साउन २३ गतेदेखि परीक्षा मिति तोकिएको छ। १ दशमलव २० भन्दा कम ल्याउने विद्यार्थीले विज्ञान, कानुन, व्यवस्थापन, मानविकी लगायतका कुनै पनि संकायमा भर्ना हुन पाउँदैनन्।

लोक सेवा आयोगले पनि सरकारी सेवा प्रवेशका लागि न्यूनतम जीपीए २ लाई आधार मानेको छ।

 

कसले कुन विषय पढ्न पाउँछन्

विज्ञान समूहका फिजिक्स, केमेष्ट्री, बायोलोजी लगायतका विषय अध्ययनका लागि अनिवार्य रूपमा जीपीए २ ल्याउनु पर्नेछ। विज्ञान र गणितमा सी प्लस ल्याउनु पर्नेछ।

यस्तै, न्यूनतम जीपीए १ दशमलव ६ ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न सक्नेछन्। जसमा उनीहरूले इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका विषय अध्ययन गर्न पाउने छन्। जसमा लागि गणित, विज्ञान र अंग्रेजीमा न्यूनतम सी ग्रेड ल्याउनु पर्नेछ।

गणित, अर्थशास्त्र, कम्प्युटर साइन्स, विजनेश स्टडिज लगायतका विषय अध्ययनका लागि पनि विद्यार्थीले न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनु पर्नेछ। जसका लागि अंग्रेजी, नेपाली र सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनु पर्नेछ।

होटेल म्यानेजमेन्ट तथा ट्राभल एण्ड टुरिजम अध्ययनका लागि पनि न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनु पर्नेछ। उक्त विषय अध्ययनका लागि पनि अंग्रेजी, नेपाली, गणित तथा सामाजिकमा सी प्लस ल्याउनु पर्नेछ।

आमसञ्चार अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि न्यूनतम जीपीए १ दशमलव ६ नै चाहिन्छ। जसमा लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनु पर्नेछ।

पाठ्यक्रमले तोकेका मैथिली, उर्दू, जापनिज, चाइनिज लगायतका अन्य भाषा अध्ययनका लागि अंग्रेजी विषयमा डी प्लस ल्याएका विद्यार्थी योग्य हुनेछन्। जसका लागि पनि न्यूनतम जीपीए भने १ दशमलव ६ हुनु पर्नेछ। 

नृत्य, संगीत, फाइन आर्ट लगायका विषय अध्ययनका लागि पनि न्यूनतम १ दशमलव ६ जीपीए चाहिन्छ। यस्तै, अंग्रेजी विषयमा डी प्लय अनिवार्य हुनुपर्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell