PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिभ्यू : जापान भर्सेस सेनेगल, पोल्याण्ड भर्सेस कोलम्विया



पहिलोपोस्ट

प्रिभ्यू : जापान भर्सेस सेनेगल, पोल्याण्ड भर्सेस कोलम्विया

रसिया विश्वकपमा खेल्ने समूहमध्ये चार फरक महादेशका टिम भएको दुई समूहमध्ये समूह एच पनि एक हो। आयोजक रसिया रहेको समूह ए मा उरुग्वे, इजिप्ट र साउदी अरेबिया छन्। यस समूहमा युरोप, एसिया, दक्षिण अमेरिका अफ्रिकाको टिम थिए।

यस्तै समूह एचमा पनि यी चार वटै महादेहशको एक एक टिम छन्। यस समूहको पहिलो खेलमा जापानले कोलम्विया तथा सेनेगलले पोल्याण्डलाई पराजित गरेका थिए। यी दुबै नतिजा केही हदसम्म अप्रत्यासित नै थियो।

पहिलो खेलमा जित हात पारेका दुई टिम जापान र सेनेगल आज साँज ८:४५ बजे भिड्दैछन्। दुबैको लक्ष्य लगातार दोस्रो खेल जित्दै अन्तम १६ को यात्रा नजिक बनाउनु हुनेछ।

दुबैले पहिलो खेलमा समान २-१ अन्तरको जित हात पारेका थिए।

यस्तै पहिलो खेलमा पराजित भएका पोल्याण्ड र कोलम्बिया पनि अन्तिम १६ को सम्भावना कायम राख्न पहिलो जितको खोजीमा हुनेछन्।

अफ्रिकन राष्ट्र सेनेगलले अहिलेसम्म ३ भेटमा जापानसँग हार बेहोरेको छैन। तीनवटै खेल मैत्रीपूर्ण थिए। 

जापानले सेनेगललाई पराजित गरे विश्वकपको समूह चरणमा सुरुको लगातार दुई खेल जित्ने पहिलो एसियाली राष्ट्र बन्नेछ। यसअघि सन् २००२ दक्षिण कोरियासँग संयुक्त रुपमा बयोजना गरेको विश्वकपमा मात्र जापानले लगातार दुई खेल जितेको थियो। जसमा जापानले समूहको दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो।

उता सेनेगलले विश्वकपमा खेल्न लागेको जापान पहिलो एसियाली प्रतिद्वन्दी हो। सेनेगलले विश्वकपमा खेलेका अहिलेसम्का ६ मध्ये ३ खेल जितेको छ र यो अफ्रिकन देशहरुमा सबैभन्दा राम्रो नतिजा हो। अफ्रिकन राष्ट्रमध्ये सन् १९९० मा क्यामरुन र १९९८ मा नाइजेरियाले समूहमा लगातार दुई खेल जितेका थि।

यसैगरी पोल्याण्ड र कोलम्विया राति ११:४५ बजे भिड्दा दुबैको लक्ष्य जित हुनेछ। अघिल्लो खेल बेन्चबाट सुरुवात गरेको जेम्स रोड्रिगेजले पोल्याण्डविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ।

यी दुई टोली ठूला प्रतियोगितामा भिड्न लागेको यो पहिलोपटक हो। सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा कोलम्वियाले पोल्याण्डलाई २-१ ले पराजित गरेको थियो।

कोलम्बियाका कप्तान राडेमेल फाल्काओले पोल्याण्डविरुद्धको खेल फाइनल जस्तै भएकोले उक्त खेल जित्न आफूहरु जे गर्न पनि तयार रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell