PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोनोरेलका लागि महानगरले छुट्यायो १५ करोड रुपैयाँ!



दिनेश खड्का

मोनोरेलका लागि महानगरले छुट्यायो १५ करोड रुपैयाँ!

काठमाडौं : काठमाडौं महानगरपालिकाले १३ अर्ब २ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। केही समयमा महानगरकी उप्रमुख हरिप्रभा खड्गीले महानगरको सभामा बजेट प्रस्तुत गर्नेछिन्। 

आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ र अन्य स्रोतबाट अन्य १ अर्ब ४ करोड ११ लाख रुपैयाँ बजेटको स्रोत हुने खड्गीले उल्लेख गरेकी छिन्। योमध्ये महानगरले केन्द्र सरकारबाट १ अर्ब ७८ करोड रुपैयाँ अनुदान पाएको छ। 

महानगरपालिकाले मोनोरेलदेखि इ-ट्वाइलेट निर्माणसम्मको योजना अघि सारेको छ। त्यसका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ।

खड्गीले रानीपोखरी र दरबार हाइ स्कूलको पुनर्निर्माण अघि बढाउने उल्लेख गरेकी छिन्। व्यवस्थित शहर सुरक्षित शहर नारा बजेटमा समावेश गरिएको छ। यस्तै शहरी सुविधा न्यूनतम शर्त, सुरक्षित भवन र नक्सापास डिजिटल बनाउने उपकरण खरिद ७ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

महानगरपालिकाले कौसी खेतीलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। पशु बधशाला र सञ्चालनमा रहेका तरकारी बजार आधुनीकीकरणका लागि ६ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

काठमाडौं महानगरपालिकाले शहरी योजना आयोग स्थापना गर्ने भएको छ। यस्तै नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। 

महानगरले शिक्षाका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell