PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३१औँ जन्मदिनमा मेसीले भने : म विश्वकप नजिती सन्यास लिन्न



पहिलोपोस्ट

३१औँ जन्मदिनमा मेसीले भने : म विश्वकप नजिती सन्यास लिन्न

अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको विश्वकप जित्ने जित्ने भोक अझै मरेको छैन। आफ्नो ३१औँ जन्मदिनको अवसरमा मेसीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप नजिती सन्यास नलिने बताएका छन्।

अर्जेन्टिनालाई विश्वकप दिलाउने आफ्नो सपना पुरा नभई आफ्नो बुट थन्काउने कुनै मनसाय नभएको उनले बताएका छन्।

रसियामा जारी विश्वकप अन्तर्गत समूह चरणको सुरुवाती दुई खेलमा जित हात पार्न नसकेपछि कतै मेसीले सन्यास लिने हो की भन्ने चर्चा सुरु भएको थियो। पहिलो खेलमा मेसीले नै आइसल्याण्ड विरुद्ध पेनाल्टी चुकाउँदा अर्जेन्टिना बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भको थियो।

अर्जेन्टिनाले अब अन्तिम १६ मा स्थान बनाउन नाइजेरिया विरुद्धको अन्तिम खेल जित्नैपर्ने छ भने क्रोएसिया र आइसल्याण्ड बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ।

त्यसअघि नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको सम्भावना कायम रहेको हो।

मिररसँग कुरा गर्दै मेसीले भनेका छन्, ‘यो भनेको धेरै हो किनकी अर्जेन्टिनाको लागि विश्वकप विशेष छ र मेरो लागि पनि।’

‘हामी उक्त सपना त्यागन सक्दैनौँ।’

‘मैले सबैखाले महत्वपूर्ण टुर्नामेन्ट जितिसकेको छु तर अन्त्यमा म अझै महत्वकांक्षी भएको छ। मेरो देशको लागि विश्व विजेता नभई एक्टिभ फुटबल सन्यास लिने मेरो मनसाय छैन।’

अर्जेन्टिनाले अब समूह डी मा नाइजेरियालाई हराउनैपर्नेछ। अनी क्रोएसियाले पनि आइसल्याण्डलाई हरानुपर्नेछ।

मेसीको जन्मदिनमा ट्रेनिङ गर्दा अर्जेन्टाइन स्क्वाडमा टिम स्प्रिट देखिएको छ। सुरुवाती दुई खेलमा खराब नतिजा निकाले पनि दक्षिण अमेरिकी टिम अझै नकआउट पुग्न सक्नेछ। समूह डी को उपविजेता बने अर्जेन्टिनाले समूह सी को विजेतासँग खेल्नेछ। अहिले फ्रान्स समूह सी मा अगाडी छ। यस वर्ष अर्जेन्टिनाले विश्वकप नजिते मेसीले सन् २०२२ सम्म कुर्नुपर्नेछ, जतिबेला मेसी ३५ वर्षका हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell