PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अर्जेन्टिनाका खेलाडीहरु प्रशिक्षकको विरोधमा, नाइजेरियाको खेलपछि साम्पोलीलार्इ हटाइने



पहिलोपोस्ट

अर्जेन्टिनाका खेलाडीहरु प्रशिक्षकको विरोधमा, नाइजेरियाको खेलपछि साम्पोलीलार्इ हटाइने

अर्जेन्टिनाका खेलाडीहरु आफ्ना प्रशिक्षक जर्ज साम्पोलीको विरोधमा उत्रिएपछि उनलार्इ मंगलवार नाइजेरियासँगको महत्त्वपूर्ण खेलपछि प्रशिक्षक पदबाट हटाउने सम्भावना बढेको छ। तर त्यो बेलासम्म भने उनी प्रशिक्षकका रूपमा रहनेछन्। 

लियोनल मेसीले २०१८ मा विश्वकप उपाधी जिताउने अड्कलबाजी चलिरहँदा अर्जेन्टिना आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने क्रोएशियासँग ३-० ले पराजित भएको थियो। त्यसपछि वरिष्ठ खेलाडीहरूले साम्पोलीको विरुद्धमा अर्जेन्टिना फुटबल एशोसियशनका निर्देशक जर्ज बरुचछागासँग चिन्ता व्यक्त गरेका थिए।

खेलाडीहरूले साम्पोलीमाथि क्रोएशियासँगको खेल अघि मैदानमा गरेको सबै प्रशिक्षण अचानक छोडेर भ्रमको सिर्जना गरेको बताएका छन्।

अर्जेन्टिनाले १९८६ मा विश्वकप जित्दा टोलीमा रहेका रिकार्डो गिस्टीका अनुसार बरुचछागाले खेलाडीहरुसँग नाइजेरिया विरुद्धको खेल अघि त्यस विषयमा सल्लाह गरिने बताएका थिए।

प्रबन्ध निर्देशकको नजिक मानिएका रिकार्डो गिस्टीले भने 'खेलाडीहरू आफै टोलो निर्माण गर्न चाहन्छन्।'

गिस्टीका अनुसार 'खेलाडीहरूले टोली तय गर्नेछन्, यो तथ्य हो। यदि साम्पोली बेन्चमा बस्न चाहन्छन् भने उनी बस्न सक्छन्। यदि चाँहदैनन् भने कुनै समस्या छैन। '

जाभियर मास्चेरेनोको नेतृत्वमा केही खेलाडीहरु सामपोलीलार्इ नाइजेरियासँगको खेल अगाडी नै बर्खास्त गरी जर्ज बरुचछागालार्इ प्रशिक्षक बनाउने पक्षमा रहेका छन्।

साम्पोलीले शनिवार राति यस विषयमा अर्जेन्टिनाका फुटबल एशोसियशनका अध्यक्ष क्लाउडियो तपाइसँग कुरा गरेका थिए। र साम्पोली अझै खेलाडीहरुको गुनासोबीच आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन्।

वरिष्ठ खेलाडीको रूपमा मेसी र जेभियर मास्चेरेनोसँग टोलीमा विश्वकप अभियानलार्इ पुन जिवित गर्नका लागी सल्लाह लिन सकिने बताइएको छ।

अर्जेन्टिनाले विश्वकपको समूहमा दोस्रो हुन नाइजेरियालार्इ पराजित गर्नैपर्ने हुन्छ। यता आइसल्याण्डले क्रोएशियालाई पराजित नगरोस् भन्ने आशमा अर्जेन्टिना आशावादी रहनु पर्नेछ।

मेसी र उनको टोलीलार्इ बिहिबार क्रोएशियाले ३-० ले पराजित गरेको थियो। उक्त खेलमा गोलकिपरले गरेको ठूलो गल्तीबाट क्रोएशिया विजयी भयो र अन्तिम १६ मा प्रवेश गरेको थियो।

अर्जेन्टिना समूह डी मा चौथो स्थानमा छ र राउण्ड अफ १६ मा पुग्ने सम्भावना जिवितै राख्न नाइजेरियालार्इ पराजित गर्नैपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell