PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिएआर के हो? यसका नियमहरु के हुन् र रसिया विश्वकप २०१८ मा यसको प्रयोग कसरी भइरहेको छ?

भिएआर के हो? यसका नियमहरु के हुन् र रसिया विश्वकप २०१८ मा यसको प्रयोग कसरी भइरहेको छ?

पहिलोपोस्ट /पहिलोपोस्ट


खेलका क्रममा कुनै विवाद नआओस् भनेर यस पटक रसिया विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको छ। रसिया विश्वकपमा यो प्रविधि कसरी प्रयोग भइरहेको छ। यसबाट खेलको नतिजामा कस्तो असर पर्छ? यस लेखमा यसबारेको जानकारी समेटिएको छ।

 

भिएआर के हो?

फुटबलमा सही निर्णयसम्म पुग्नका लागि भिडियो प्रविधिको प्रयोग गरिनुलार्इ नै भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) भनिन्छ। यो प्रविधिको परीक्षण एफए कप र काराबाओ कपका सिजनहरु र जर्मन र इटालीयन लिगहरुमा गरिएको थियो।

निर्णय सच्याउन र पारदर्शी बनाउन यो प्रणालीको प्रयोग विश्वकपका समुह चरणहरुमा भइसकेको छ। पोर्चुगल विरुद्ध डिएगो कोस्टाको पहिलो गोल, अष्ट्रेलिया विरुद्ध फ्रान्सको पेनाल्टी र दक्षिण कोरिया विरुद्ध स्वीडेनको पेनाल्टीको निर्णय भीएआरको प्रयोगबाट गरिएको थियो।

 

विश्वकपमा यसको प्रयोग कसरी भइरहेको छ ?

मार्चमा ज्युरिजमा भएको अन्तर्राष्ट्रिय फुटबल एसोसिएशनको बोर्ड बैठकले स्थायी रूपमा नै यो प्रणाली लागू गर्ने निर्णयमा मतदान गरेर स्वीकृत गरेपछि २०१८ विश्वकपमा यसको प्रयोग भइरहेको छ। विश्व कपमा पहिलो पटक भिडियो रिप्लेको प्रयोग गरिएको हो। यद्यपि, चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा गोल-लाइन टेक्नोलोजी सफलतापूर्वक कार्यान्वयन भइसकेको थियो।

 

भिएआरका नियमहरु के के हुन्?

भिएआरको प्रयोग तबमात्र गरिन्छ जब रेफ्रीले चारमध्ये एकमा प्रस्ट गल्ती गरेका हुन्छन्।

  • गोल

गोल गरेपछिको अफसाइडको निर्णय भएमा भिएआरसँग परामर्श गर्नु सबैभन्दा सामान्य कारण हो। यस्तै लुगा तान्नु र अन्य नियम उल्लङ्घन गरेमा पनि गोल गर्ने अवसर पाउन सकिन्छ।

स्पष्ट त्रुटीहरू विरुद्धका निर्णय अफ साइडमा लागू हुँदैन। एक खेलाडी कि अनसाइड वा अफसाइड हुन्छन्।

यदि खेलाडी केही इन्चबाट अफसाइडमा छ भने त्यो गोललार्इ मान्यता दिइदैन।

 

  • पेनाल्टी

पेनाल्टी एक विवादास्पद क्षेत्र हो। यदि रेफ्रीले दिएको मुख्य निर्णयमा स्पष्ट त्रुटी भएको खण्डमा भिएआरको प्रयोग गरी पेनाल्टी दिन वा रद्ध गर्न सकिन्छ।

 

  • सिधै रातो कार्ड

हिंस्रक आचरण र खतरनाक ट्याकल्सहरू विरुद्ध भिएआरको प्रयोग गरी खेलाडीहरुलार्इ सिधै रातो कार्डबाट दण्डित गर्न सकिन्छ। जुन दोस्रो पहेँलो कार्डबाट हुन सक्दैन।

 

  • गलत पहिचान सच्चाउने

२०१४ मा आर्सेनलले चेल्सीलार्इ ६-१ ले पराजित गर्दा रेफ्रीले एलेक्स अक्सलेडे-चेम्बरलाइनलार्इ रातो कार्ड देखाउनुको साटो किइरान गिब्सलार्इ मैदान बाहिर पठाएका थिए। यदि रेफ्रिले यसरी गल्ती गरेर खेलाडीलार्इ मैदान बाहिर पठाएमा भिएआरबाट त्यस्ता निर्णय सच्चाउन सकिनेछ।

 

खेलको प्रवाहमा अवरोध कम गर्नको लागी यी क्षेत्रमा यो प्रणालीको प्रयोग सिमित गरिएको छ।

भिएआर प्रयोग गर्दा समयको सिमा

कुनै एक घटनाका कारण रोकेको खेल सुरु भइसके पछि फेरी उक्त घटनाका लागि भिएआरको प्रयोग गर्न पाइदैन। भिएआरले फ्रि-किक, गोल किक, थ्रो इन, कर्नर किकहरु हुन सक्ने घटना थाहा पाउन नसकेमा पुन: भिएआरको प्रयोग गर्न ढिला भइसकेको हुनेछ। गोल प्रहार गर्दा केही असामान्य गतिविधि भएको देखेमा भिएआरको प्रयोगबाट उक्त गोललार्इ अमान्य घोषित गर्न सकिन्छ।

यस्तै, सम्भवत: विवादास्पद निर्णयबाट बच्न नयाँ फिफा नियमहरुले रेफ्रीहरुलार्इ भिएआरको सहयोगमा खेलाडीहरुलार्इ खेलको दौरान छुटेका गतिविधिका लागी हाल्फ टाइममा दण्डित गर्न पाउने अधिकार दिएको छ।

 

भिडियो रेफ्री कहाँ हुन्छन् ?

भिडियो रेफ्रीहरु मस्कोको एक अत्याधुनिक प्रविधि जडित कोठामा रहेका हुन्छन्। उक्त कोठामा दर्जनौं क्यामेरा एनलल हेर्न मिल्ने प्रविधि जडान गरिएको हुन्छ। उनीहरुले खेल भइरहेको मैदानमा रहेका रेफ्रीसँग सिधै कुरा गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ। केही गल्ती भएको खण्डमा रेफ्रीलार्इ उतैबाट सूचित गर्न सकिन्छ।  

 

भिएआरको प्रयोग कसरी गरिन्छ ?

खेलको समयमा भिएआरको प्रयोग ३ तरिकाले हुनसक्छ


  • भिडियो रेफ्रीले एयरपिस मार्फत मैदानमा रहेका रेफ्रीसँग सम्पर्क गर्छन। मैदानमा भएका रेफ्रीले आफ्नो हातमाथि उठार्इ खेल रोकेको संकेत गर्छन्। र खेलाडीलाई निर्णय रिभ्यु गरेको बारे जानकारी दिइन्छ। यदि केही गल्ती नभएको भनी सन्तुष्ट भएमा उनले खेल पुनः सुरु गर्न संकेत गर्नेछन्।

  • भिएआरले निर्णय गर्दा रेफ्रीले आफ्नो हातबाट रेक्टेनगल बनार्इ टिभी चिन्हको संकेत गर्नेछन्। त्यसपछि भिडियो रेफ्रीले घटनाको समीक्षा गर्नेछ र रेफ्रीले यदि आफ्नो निर्णय परिवर्तन गर्न चाहेमा दोहोर्‍याएर त्यस्तै संकेत गर्नेछन्।

 


'अन-फिल्ड रिभ्यु' बाट यो वर्षको सुरुवातमा वेम्बलीमा इटालीले पेनाल्टी पाएको थियो। निर्णयका विषयमा स्पष्ट हुन भिडियो रेफ्रीले मैदानमा रहेका रेफ्रीलाई मैदानसँगै रहने स्क्रिनमा भिडियो रिप्ले हेर्न निर्देशन दिनेछन्। रिप्ले हेरेपछि उनले आफ्नो अन्तिम निर्णय सुनाउनु अघि फेरी 'टिभी सिग्नल' दिनेछन्।

 

 

निर्णय लिने अधिकार सँधै रेफ्रीसँग हुन्छ। रेफ्रीले खेललार्इ बिचैमा रोकेर भिएआरको निर्णय कुरेर बस्न मिल्दैन। खेल जुन कारणले रोकिएको थियो त्यसलार्इ मात्र सच्याउन सकिनेछ। रेफ्रीले खेल रोक्नकै लागी भने बल तटस्थ स्थानमा हुनुपर्छ।

 

फिफाले भिएआरको किन प्रयोग गर्‍यो?

फिफा रेफ्रीबाट हुने निर्णय प्रक्रियामा सुधार होस् भन्ने चाहन्छ। साथै ति निर्णयहरु निष्पक्ष र पारदर्शी होस भन्ने उसको इच्छा रहेको छ।

'म फुटबल प्रेमी, खेलाडी र प्रशिक्षकहरुलार्इ भन्न चाहन्छु कि यसबाट केही प्रभाव पर्नेछ, केही सकारात्मक प्रभाव।' फिफाका अध्यक्ष इन्फान्टिनो भन्छन्, 'यो अनुसन्धानबाट देखिएको छ।'

लगभग हजार खेलमा भिएआरको परिक्षण गरिएको थियो र त्यसबाट खेलमा शुद्धताको मात्रा ९३ प्रतिशतबाट ९९ प्रतिशत हुन पुग्यो, जुन एकदमै राम्रो हो भन्छन् फिफा अध्यक्ष। 

फिफाले रिभ्यु र रेफ्रीसँगको कुराकानीको गतिलार्इ छिटो बनाउन प्रयास गरिरहेको इन्फान्टिनोको भनाइ थियो।

 

भिएआरको आलोचना किन हुनेगर्छ?

भिएआरको परीक्षण चरणहरुमा धेरै विवाद र समस्या आए। यो प्रणालीको आलोचना गर्नेहरु धेरै रहेका छन्। उनीहरु यी कारणले भिएआरको आलोचना गनर्छ:

  • ठूला स्क्रिन नभएका स्टेडियममा रहेका दर्शकहरुलार्इ निर्णय रिभ्यु भइरहेको विषयमा जानकारी हुँदैन। फिफा भने दर्शकलार्इ सूचना दिने प्रणालीको बारेमा काम गरिरहेको बताउँछ।
  • फुटबलका केही प्राकृतिक नियमहरु हुन्छन्। रिप्लेको उपलब्धताको बावजुद, पेनाल्टीका बारेमा बहस र असहमतिहरू हुने गर्छन्। मानविय व्याख्याका आधारमा अझै निर्णय हुन्छन्।
  • भिएआरको प्रयोगबाट निर्णयमा पुग्न समय लाग्छ र त्यसले खेलको उत्साह घटाउँछ। भिएआरको प्रयोगले गर्दा केही खेलको पहिलो हाफमा ५ देखि ६ मिनेट अतिरिक्त समय थप गरिएको पाइएको छ।
  • रिभ्युको सम्भावनाको कारणले गर्दा गोल गरेको उत्साह र आनन्द हराउँछ जसबाट स्टेडियमको वातवरण बिग्रन सक्छ।
  • विश्वकपमा सहभागी रेफ्रीहरुमा प्रविधिक ज्ञानको कमी रहेको छ। जसबाट निर्णय प्रक्रियामा विवाद आउन सक्छ। 

टेलिग्राफ


ट्रेन्डिङ पोस्ट

Ncell