रसिया विश्वकप अन्तर्गत समूह बी का अन्तिम दुई खेल बराबरीमा सकिएका छन्। सोमबार भएको खेलमा स्पेनले मोरोक्कसोसँग २-२ गोलको बराबरी खेल्दा पोर्चुगल पनि इरानसँग १-१ को बराबरीमा रोकिएको छ।
पोर्चुगलका रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएका थिए।
बराबरीपछि स्पेन समूह बी विजेता तथा पोर्चुगल बी उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ। दुवैले ३ खेलबाट मान ५ अंक जोडेको। ३ खेलबाट ४ अंक जोडेको इरान भने समूह चरणबाटै बाहिरिएको छ। समान अंक र समान गोलअन्तर भए पनि बढी गोल गरेका कारण स्पेन समूहमा पहिलो हुँदा पोर्चुगल दोस्रो भएको हो।
स्पेनले अब समूह ए को उपविजेता आयोजक रसियासँग प्रिक्वाटरफाइनल खेल्नेछ भने पोर्चुगलले अन्तिम १६ मा रुग्वेसँग भिडन्त गर्नेछ।
स्पेनले दुई पटक पछि परेको अवस्थामा दुवै पटक पुनरागमन गर्दै खेल बराबरी गरेको हो।
खालिब बाउतिवले १४औँ मिनेटमा गोल गर्दै मोरोक्कोलाई पहिले अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै इस्कोले स्पेनका लागि बराबरी गोल फर्काए। युसेप अल नेसरीले ८१औँ मिनेटमा गोल गर्दै मोरोक्कोलाई २-१ को अग्रता दिलाएका थिए। तर इन्जुरी टाइमको पहिलो मिनेटमा आएगो असपासले स्पेनका लागि बराबरी गोल गर्दै अन्तिम १६ मा स्थान पक्का बनाए।
उता अर्को खेलमा रोनाल्डोले पेनाल्टी चुकाए पनि १-१ को बराबरी खेल्दै पोर्चुगल पनि अन्तिम १६ मा पुग्यो। कार्डो क्वेरेस्माले पहिलो हाफको अन्त्यतिर गोल गर्दै पवर्चुगललाई अग्रता दिलाएका थिए। ५३औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पाए पनि गोल गर्न सकेनन्। उनको पेनाल्टी इरानका गोलरक्षकले रोके।
इरानले इन्जुरी टाइममा पेनाल्टी पाएको थियो। अन्तिम १६ मा पुग्न इरानलाई स्पष्ट जित आवश्यक थियो। तर इरानले बराबरी मात्र गर्न सक्यो। इरानका लागि करिम अनसारीफर्डले पेनाल्टीमा बराबरी गोल फर्काए।