![लर्ड्समा हुने नेपाल र नेदरल्याण्ड्सबीचको क्रिकेट खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने](https://pahilopost.com/assets/upload/contentthumb/Tri-MCC-Twitter.jpeg)
काठमाडौं : सन् २०१५ पछि नेपालले लर्ड्समा पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट म्याच खेल्ने भएको छ। आगामी जुलाई २९ मा लर्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र एमसीसी सम्मिलित ट्राईसिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिने भएको हो।
पहिलो पटक वान डे इन्टरनेशनलको मान्यता पाएपछि नेपालको यो पहिलो टी-२० इन्टरनेशनल म्याच हुनेछ। यस्तै नेपालले श्रीलंकन पूर्व कप्तान माहेला जयबर्दनेको कप्तानीमा रहेको एमसीसी टीमसँग पनि खेल्नेछ।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको आइसीसी टी-२० विश्वकप खेलेपछि नेपालले पहिलो पटक टी-२० इन्टरनेशनलको मान्यता पाएको थियो।
यसपटक भने वान डे मान्यतापाएपछि नेपालले स्वत टी-२० को मान्यता पनि पाएको हो।