PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

११ घण्टा बन्द भएर खुलेको नारायणगढ मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध



पहिलोपोस्ट

११  घण्टा  बन्द भएर खुलेको नारायणगढ मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध
फाइल फोटो

चितवनः नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

नारायणगढ-मुग्लिङ सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ। पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए। सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए। बिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन्।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो। सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell