PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

लागूऔषधका रुपमा प्रयोग हुने औषधि बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी, पाँच जना पक्राउ


पहिलोपोस्ट /पहिलोपोस्ट

लागूऔषधका रुपमा प्रयोग हुने औषधि बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी, पाँच जना पक्राउ

भक्तपुरः महानगरीय प्रहरी परिसर भक्तपुरले लागूऔषधका रूपमा लिइने विभिन्न नामका औषधिहरू अवैध रूपमा बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोगकर्तालाई पक्राउ गरेको छ।

चिकित्सकको अनुमति नभई बिक्री गर्न नपाइने औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने युवाहरूलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहीबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनिको हाइवे पोलिक्लिनिक प्रालि र सोही ठाउँमा रहेको अर्विषा फार्मेसी शिलबन्दी गरेको हो।

साथै अरनिको हाइवे पोलिक्लिनिक प्रालिकी सञ्चालक दोलखा तामाकोसी गाउँपालिका वडा नं ३ घरभएकी सृजना घिमिरे र अर्विषा फार्मेसी सञ्चालन गर्ने कैलाली जिल्ला टीकापुर–२ का विक्रम खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

त्यसैगरी औषधि खरिद गर्ने मध्यपुरथिमि–९ निकोसेरा बस्ने वर्ष २० का किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने वर्ष २३ का रुपक खत्री र काभ्रेपलाञ्चोक काशीखण्ड नगरपालिका–२ बस्ने वर्ष २० का विकास लामालाई पक्राउ गरिएको छ।

प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजी नामक औषधि १ हजार ८ सय क्याप्सुल र अरनी हाइवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याप्सुल, कोड टेबल १५ एमजी १३७ ट्याब्लेट, क्लोजिप ०।५ एमजी १२० ट्याब्लेटसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले पक्राउ परेकालाई लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाइने बताए। रासस



लागूऔषधका रुपमा प्रयोग हुने औषधि बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी, पाँच जना पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट