PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

दुई वर्षमा ६ गुणाले बढ्यो रेड कर्नर नोटिस : बढ्दो अपराधसँगै बढे फरार  



पहिलोपोस्ट

दुई वर्षमा ६ गुणाले बढ्यो रेड कर्नर नोटिस : बढ्दो अपराधसँगै बढे फरार  

काठमाडौं : दुई वर्षको अन्तरालमा रेड कर्नर नोटिस ६ गुणाले बढेको छ। गम्भीर प्रकृतिका घटना बढेसँगै अपराधी फरार हुनेक्रम पनि बढ्दा इन्टरपोलको रेड कर्नर नोटिसमा नेपाली अपराधीको संख्या पनि बढ्दै गएको हो।
 
फरार भएका अपराधी खोज्न रेड कर्नर नोटिस जारी हुने गर्छ। दुई वर्ष अगाडि नेपाल प्रहरीले अहिले १३ जना नेपाली र २ जना विदेशीलाई रेडकर्नर नोटिसमा राखेको थियो। 

अहिले त्यो संख्या बढेर ८३ जना नेपाली र दुई जना विदेशी पुगेको छ। 

सुन तस्करीको अभियोगमा जिल्ला अदालत मोरङमा दायर अभियोगपत्रमा प्रतिवादी बनाइएका चारजना विरुद्ध केही दिन अघिमात्र प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। ती चार जना सूचीकृत हुने पछिल्ला अभियुक्त हुन्।

रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई १ सय ९२ देशका प्रहरीले खोजी गरी सम्बन्धित देशमा बुझाउने गर्छ। नोटिस जारी भएका व्यक्तिको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

अहिलेसम्म नेपाल प्रहरीले विभिन्न देशबाट नोटिस जारी भएका ६ जना नागरिकलाई पक्राउ गरी बुझाएको छ। १ भारतीय, १ अमेरिकी, १ कोरियन र ३ चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित देश पठाएको हो। त्यस्तै नेपालबाट नोटिस जारी भएकामध्ये २१ जना पक्राउ परिसकेका छन्। १२ जना विदेशबाट र ११ जना नेपालको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीको तथ्याङकले देखाएको छ।

यसरी नोटिसमा पर्ने अधिकांश ठगी प्रवृत्तिका मुद्दामा समावेश भएको देखिन्छ।

नेपाल प्रहरीले अहिलेसम्म २२ जनाविरुद्ध डिफ्युजन नोटिस समेत् जारी गरेको छ। जसमा २० नेपाली र २ जना विदेशी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell