PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

रसियासँग विश्वकपमा हारेपछि स्पेनका इनेष्टाले लिए सन्यास

रसियासँग विश्वकपमा हारेपछि स्पेनका इनेष्टाले लिए सन्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा आयोजक रसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनका मिडफिल्डर आन्द्रेज इनेष्टाले अन्तर्रष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।

सन् २०१० मा स्पेनलाई च्याम्पियन बनाउन नेदरल्याण्ड्सविरुद्धको फाइनलमा अतिरिक्त समयमा गोल गरेका इनेष्टाले रसियाविरुद्ध दोस्रो हाफमा अवसर पाएका थिए। उनले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन्।

‘मेरो लागि यो लामो च्याम्प्टर अन्त्य भएको छ। सबै कुराको सुरुवात र अन्त्य हुन्छ। कहिलेकाँही बिदाई तपाईँले चाहे जस्तो हुँदैन।’ रसियाविरुद्धको खेलपछि इनेष्टाले फिफासँग भने।

‘यो सत्य हो कि यो नै राष्ट्रिय टिमका लागि मेरो अन्तिम खेल हो।’

इनेष्टाले स्पेनका लागि सन् २००६ यता लगातार ४ विश्वकप खेले। इनेष्टाले सन् २००६ मा स्पेनका लागि डेब्यु गरेका थिए। उनले सन् २००८ र २०१२ मा युरो च्याम्पियनसिप तथा २०१० मा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell