- प्रा. केदारभक्त माथेमा -
मेडिकल कलेजहरुमा 'थ्योरी' मात्र होइन। क्लिनिकल पनि चाहिन्छ। प्राक्टिकलका लागि त बिरामी नै जाच्नुपर्ने हुन्छ। जति ठूलो अस्पताल उति पढाइ राम्रो हुन्छ मेडिकलमा। किनभने त्यहाँ विभिन्न बिरामी हुन्छन्, जाँच्न पाउँछन्। विरामी नै नभए पनि मेडिकल कलेज सञ्चालन भइरहेको छ। थ्योरीमात्र पास हुने कि क्लिनिकल जाँच पनि हुने?
त्यसैले हामीले भन्यौं, यहाँ मेडिकल कलेजहरु धेरै भए। विद्यार्थीहरुले पाउनु पर्ने सिट पाएनन्। त्यसैले मेडिकल कलेजहरुको गुणस्तर वृद्धि गर्न सम्बन्धन नदिने सुझाव दियौं।
अर्को कुरा भनेको धेरै जस्तो मेडिकल कलेजहरु मध्यमाञ्चल मै बढी भएर पनि हो। मध्यमाञ्चलका जनसङख्याको ८ खण्डको १ खण्ड यहाँ बस्छ। तर, मेडिकल कलेज ११ वटा त मध्यमाञ्चलमा मात्रै छ।
मध्य पश्चिमान्चलतिर हरेक २६ लाखमा एउटा मेडिकल कलेज छ। सुदुर पश्चिमान्चलमा २५ लाख जनता छन्। त्यहाँ पनि मेडिकल कलेज छैन। क्षेत्रीय सन्तुलन कायम गर्न पनि हामीले मेडिकल कलेज बाहिर हुनुपर्छ भनेका हौं। सरकारले त्यसलार्इ प्रोत्साहन गर्नुपर्छ भनेका हौं। विश्वविद्यालयहरुले मेडिकल कलेजहरुलार्इ सम्बन्धन दिँदै जाँदा 'मोनिटर' नै गर्न नसक्ने अवस्था आयो। त्यसैले हामीले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन दिन उचित हुन्न भन्यौं।
विद्यार्थीहरुको सङ्ख्यामा पनि एउटै कलेजले १००० जना राखेर पढाए पनि हुन्छ। तर, क्लिनिकल बिरामीलार्इ हात समाएर पढाउनु पर्ने। २००-३०० जनालार्इ पढाउँदा त 'क्वालिटी' नहुने भो। थ्योरी ठीक छ। तर, प्राक्टिकलको लागि विद्यार्थी सीमित हुनुपर्छ भनेका हौं। मेडिकलको भर्ना 'सुपरभिजन' त्यो सबै मेडिकल काउन्सिलले गरिरहेको छ। मेडिकल काउन्सिलको काम भनेको त सर्टिफिकेट हेर्ने हो नि। डाक्टरको जाँच लियो उसले सक्छ सक्दैन भनेर 'सर्टिफाइ' गर्ने हो।
त्यो बाहेक अर्को काम भनेको 'रि ट्रेनिङ' हो। डाक्टरहरुलार्इ समयसमयमा अपडेट गर्दै 'रि ट्रेनिङ' गर्ने हो। यसबाहेक पनि अरु काम हुन्छन्।
(केदार भक्त माथेमाले सार्वजानिक सरोकार मञ्चले ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा गरेको सम्बोधन)