फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा बुधवार इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन्।
इंग्ल्याण्ड २८ तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेको हो। सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड दोस्रो पटक फाइनल पुग्ने योजनामा छ भने सन् १९९८ मा डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया पनि पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ।
इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। तर अहिलेसम्को ‘हेड टु हेड’मा भने इंग्ल्याण्ड अगाडि छ।
५ कम्पिटेटिभ म्याचसहित यी दुईले अहिलेसम्म एकआपसमा ७ खेल खेलिसकेका छन् जसमा इंग्लयाण्डले ४ खेल जितेको छ। १ खेल बराबरीमा सकिँदा क्रोएसियाले भने २ मात्र खेल जितेको छ।
सन् १९९६ मा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २००९ मा भएको विश्वकप छनोट खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ५-१ ले पराजित गरेको थियो।
इंग्ल्याण्ड vs क्रोएसिया : हेड टु हेड
१९९६ : मैत्रीपूर्ण खेल
इंग्ल्याण्ड ०-० क्रोएसिया
२००३ : मैत्रीपूर्ण खेल
इंग्ल्याण्ड ३-१ क्रोएसिया
२००४ : युरोकप
इंग्ल्याण्ड ४-२ क्रोएसिया
२००६ : युरो २००८ छनोट
इंग्ल्याण्ड ०-२ क्रोएसिया
२००७ : युरो २००८ छनोट
इंग्ल्याण्ड २-३ क्रोएसिया
२००८ : विश्वकप २०१० छनोट
इंग्ल्याण्ड ४-१ क्रोएसिया
२००९ : विश्वकप २०१० छनोट
इंग्ल्याण्ड ५-१ क्रोएसिया