PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१ सय वर्ष पूरा हुन १ महिनामात्रै बाँकी हुँदा धर्मगुरु जेपी भाष्वानीको मृत्यु



पहिलोपोस्ट

१ सय वर्ष पूरा हुन १ महिनामात्रै बाँकी हुँदा धर्मगुरु जेपी भाष्वानीको मृत्यु

भारतका चर्चित धर्मगुरु दादा जेपी भाष्वानीको मृत्यु भएको छ। साधु भाष्वानी मिसनका प्रमुखको आज बिहान मृत्यु भएको हो। आउँदो महिना उनी १ सय वर्षका पुग्दै थिए। 

मिसनले ट्विट मार्फत् उनको मृत्यु भएको जानकारी गराएको हो। सिन्ध परिवारका भाष्वानी केही दिन यता अस्पताल भर्ना भएका थिए।
सन् १९१८ अगस्ट २ मा पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने हैदरावादमा उनको जन्म भएको थियो। 

‘केही दिन यता उहाँ एउटा निजी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। उहाँलाई बुधवार राति डिस्चार्ज्ड गरिएको थियो,’ मिसनका एक सदस्यले जानकारी दिए। 

साकाहार जीवन र पशुअधिकारका पक्षलाई प्रवर्द्धन गर्दै आएका उनको अन्तिम विदाइका लागि अनुयायीहरुको भिड लागेको छ। 

मिसनले उनको १०० औं जन्मोत्सव भव्य रुपमा मनाउने तयारी गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी त्यस समारोहमा उपस्थित हुने अपेक्षा थियो। मोदी उनको सानिध्यमा लामो समय रहेका थिए।  

मोदीले सन् २०१३ मा मिसनको भ्रमण पनि गरेका थिए। त्यतिखेर उनी गुजरातका मुख्यमन्त्री थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell