PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निकिताको हातमा पनि अन्तरिम आदेश, भनिन् : आजै बोर्ड जान्छु



पहिलोपोस्ट

निकिताको हातमा पनि अन्तरिम आदेश, भनिन् : आजै बोर्ड जान्छु

काठमाडौं : सर्वोच्च अदालतले चलचित्र विकास बोर्डमा निकिता पौडेललाई नै कायम राख्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचार संहिता लागू भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने सरकारको निर्णयसँगै पौडेल पदविहीन भएकी थिइन्। तर, नियुक्ति लिएका अन्यले झै उनले पनि सर्वोच्चमा रिट दायर गरेकी थिइन्।  

सर्वोच्चको अन्तरिम आदेशसँगै आजैबाट उनी चलचित्र विकास बोर्डमा उपस्थित हुँदैछिन्।

चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष समेत रहेकी निकिताको पद कार्यकालको सात महिना नबित्दै खोसिएको थियो।

शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन्। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई बदर गर्ने निर्णय गरेको थियो।

सुरुमा त उनले पद थमौतीका लागि अदालत नजाने निर्णय लिएकी थिइन्। तर, आज पहिलोपोस्टसँग कुराकानीमा उनले भनिन् 'आज स्टे अर्डर आयो हातमा, अहिले मन्त्रालयमा छु त्यसपछि विकास बोर्ड जान्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell