PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पारस खड्का र प्रतिभा माली सेन्चुरी बैँकको ब्राण्ड एम्बासडर नियुक्त



पहिलोपोस्ट

पारस खड्का र प्रतिभा माली सेन्चुरी बैँकको ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय मिहला भलिबल टिमकी स्पाइकर प्रतिभा माली सेन्चुरी कमरसिएल बैँकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्।

बुधवार सेन्चुरी बैँकले पारस र प्रतिभालाई एक वर्षको लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो।

बैँकको ब्राण्डिङ गर्ने र नेपाली खेलकुद विकासमा सहयोग पुर्‍याउने उदेश्यका साथ दुई खेलाडीलाई एकैपटक ब्राण्ड एम्बासडर नियुक्त गरेको बैँकका डेपिटी सिइओ जीवन भट्टराईले बताए।

पारसले क्रिकेट ब्याट तथा प्रतिभाले भलिबलमा हस्ताक्षर गरेपछि दुई खेलाडी ओपचारिक रुपमा ब्राण्ड एम्बासडर नियुक्त भएका हुन्।

एम्बासडर भएपछि क्रिकेट टिमका कप्तान पारस खड्काले बैँकले यसअघि पनि क्रिकेटसँग सहकार्य गर्दै विभिन्न खालको पुरस्कार प्रदान गरेको बताउँदै आफूहरुलाई ब्राण्ड एम्बासडर छानेकोमा खुशी व्यक्त गरे। उनले क्रिकेट भलिबल लगायत अन्य खेलकुद विकासको लागि कर्पोरेट क्षेत्रको भूमिका समेत हुने बताए। यस्तै प्रतिभा मालीले आफूहरुलाई यस प्रकारको अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै यसले थप हौसला मिल्ने बताइन्। उनले यस्ता कार्यक्रमहरुले खेलाडीलाई मोटिभेसन हुने बताइन्।

एक वर्षको लागि ब्राण्ड एम्बासडर नियसुक्त गरेपनि बैँकले कतीम रकम दिने भने खुलाएको छैन। खेलाडी अन्य ब्राण्डसँग पनि एन्डोर्स हुने भएको र अरुलाई अफ्ठ्यारो नपरोस् भने रकम नखुलाएको भट्टराईले बताए।

पारस खड्काको कप्तानीमा रहेको नेपाली क्रिकेट टोली लर्ड्स र नेदर्लयाण्ड्स टुरका लागि भोली बेलायत प्रस्थान गर्दैछ।                           

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell