PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

महिला लिग फुटबल : विभागिय भिडन्तमा आर्मीले पुलिसलाई हरायो, शर्मिलाको निर्णायक गोल



पहिलोपोस्ट

महिला लिग फुटबल : विभागिय भिडन्तमा आर्मीले पुलिसलाई हरायो, शर्मिलाको निर्णायक गोल

काठमाडौं : त्रिभुवन आर्मीले उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ। सोमवार भएको लिगको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिसलाई १-० ले पराजित गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको विभागीय भिडन्तमा आर्मीलाई जित दिलाउन खेलको ८२औँ मिनेटमा शर्मिला थापाले निर्णायक गोल गरिन्। पहिलो हाफमा आर्मीले गोल गर्ने अवसर बनाएपनि दुई प्रहार गोलपोष्टमा लागेर फर्केको थियो।

खेलको वुमन अफ दी म्याच गोलकर्ता आर्मीकी शर्मिला भइन्। जितपछि आर्मीले ३ अंक जोडेको छ।

यस्तै सोमवारै भएको दोस्रो खेलमा रौतहट जिल्ला फुटबल एसोसिएसनले काठमाडौं जिल्ला फुटबल एसोसिएसनलाई ४-० ले पराजित गरेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि रौतहटको शानदार जितमा रश्मी कुमारी घिसिङले दोस्रो हाफमा ह्याट्रिक गरिन्। घिसिङले खेलको ५०औँ, ५६औँ र ५९औँ मिनेटमा गोल गरिन्। यस्तै मनिसा राउतले ६८औँ मिनेटमा रौताहटका लागि चौथो गोल थपिन्।

साउन १५ गतेसम्म सञ्चालन हुने लिगमा तीन विभागीय र दुई जिल्लाका टोलीसहित ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। एन्फाले आयोजना गरेको विजेताले २ तथा उपविजेताले १ लाख हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell