काठमाडौं : युरोप टुरमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा सेन्ट क्रससँग पराजित भएको छ। टी-२० फर्म्याटमा भएको उक्त खेमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो।
नियमित कप्तान पारस खड्कालाई आराम दिइएको खेलमा नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले जिम्मी एडम्सको अर्धशतक मद्दतम २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। एडम्सले ७२ तथा फेलिक्स ओर्गानले ३९ रन बनाए। नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
१८९ रनको लक्ष्य पछ्याको नेपालका लागि अनिल शाहको अर्धशतक प्रहार गरेपनि खेल जित्न पर्याप्त भएन। नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। अनिलले सर्वाधिक ५६ रन बनाए भने बरिफ शेखले ३४, ज्ञानेन्द्र मल्लले १८, सोमपाल कामीले १० तथा सुवास खकुरेलले १० रन जोडे। बलिङमा सेन्ट क्रसका फेलिक्स ओर्गानले ३ तथा ह्यारी ट्रसलरले २ विकेट लिए।
स्कोर : रमन शिवाकोटी