PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

युरोप यात्रा छोट्याएर फर्किएका कांग्रेस उपसभापति भन्छन् – थप आन्दोलनको घोषणा हुन्छ



पहिलोपोस्ट

युरोप यात्रा छोट्याएर फर्किएका कांग्रेस उपसभापति भन्छन् – थप आन्दोलनको घोषणा हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डाक्टर गोविन्द केसीले उठाएका मेडिकल शिक्षा र सेवा सुधारको विषयमा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रस्तुत गरेको अध्यादेश हुबहु संसदमा प्रस्तुत नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्। 

एक साता लामो युरोप भ्रमणपछि फर्केका कांग्रेस उपसभापति निधिले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘छिटोभन्दा छिटो सरकारले हुबहु पारित नगरेसम्म हाम्रो आन्दोन जारी रहन्छ।‘ उनले सम्बोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए। नेता निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरिने उल्लेख गरे। 
सरकारको रवैयाविरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको उल्लेख गर्दै उनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी हस्तक्षेपको निन्दा गरे। सरकारले यस किसिमको दमन र वर्वर प्रवृत्ति बन्द गर्नुपर्ने भन्दै नेता निधिले दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए। 

कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित बिस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यता गएका थिए। उनी आफ्नो भ्रमण छोट्याएर आज आइपुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell