भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको दिल्ली महिला आयोगले उद्धार गरेको छ। मंगलबार राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन्।
उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ। एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो। उनीहरुको पासपोर्ट दलालले नै राखेको बताइएको छ।
सूचना अनुसार ७ युवतीको भने करिब १५ दिन पहिले इराक र कुवेत पुर्या इएको दाबी गरिएको छ।
रातको करिब १ बजेर ३० मिनेटमा उनीहरुको उद्दार गरिएको हो। आयोगले विशेष जानकारीका आधारमा उद्धार गरेको जनाएको छ। उद्धार गरिएको स्थान प्रहरी कार्यालयबाट ५०० मिटर दूरीमा रहेको जनाइएको छ।
मुनिरका के जिस जगह से दिल्ली महिला आयोग की अध्यक्ष @SwatiJaiHind ने 16 नेपाल की लड़कियों को रेस्क्यू करवाया वहां से 500 मीटर की दूरी पर बसंत विहार पुलिस स्टेशन है।
— Amit Mishra (@Amitjanhit) July 25, 2018
प्रश्न यह उठता है कि इन 16 लड़कियों को तो DCW ने बचा लिया पर क्या इनको भेजने वाले एजेंट को पुलिस पकड़ पाएगी? pic.twitter.com/cRfLJLXZls