PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

गोङ्गबुमा लुटिए व्यापारी, एक किलो सुन र दुई लाख पैसा लुटियो



पहिलोपोस्ट

गोङ्गबुमा लुटिए व्यापारी, एक किलो सुन र दुई लाख पैसा लुटियो

काठमाडौँः काठमाडौँको गोङ्गबुबाट एक व्यापारीको एक किलो सुन लुटिएको छ। बुधबार राति गोगंबुस्थित राप्ती पाहुना घरबाट एक किलो सुन र २ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम लुटिएको हो।

दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्ग बहादुर सुनारको १ किलो सुन लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन कुमार थापाले बताए। डिएसपी थापाले भने, 'सुन र नगद लुटिएको जानकारी आएको छ। यस विषयमा थप अनुसन्धान गर्दैछौँ।'

पाँच दिनदेखि होटेलको कोठा बुकिङ गरी बस्दै आएका व्यापारी सुनारलाई साँझ ७ बजेतिर तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिले लुटेर फरार भएका थिए।

दाङमा सुनचाँदीको व्यवसाय गर्दै आएका सुनारले बुधबार मात्र न्युरोडमा रहेको सिद्धार्थ बैंकबाट एक किलो सुन निकालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell