PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आज अन्तिम अभ्यास खेल खेल्दै नेपाल, आइतवार लर्ड्समा टी-२० सिरिज खेल्ने



पहिलोपोस्ट

आज अन्तिम अभ्यास खेल खेल्दै नेपाल, आइतवार लर्ड्समा टी-२० सिरिज खेल्ने

काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ।

लर्ड्समा हुने टी-२० ट्राइ सिरिज तथा नेदरल्याण्ड्समा हुने ऐतिहासिक ओडिआई सिरिजका लागि नेपालले तीन अभ्यास खेल खेलिसकेको छ भने चौथो तथा अन्तिम अभ्यास खेलमा आझ इस्ट लण्डन शार्कसँग खेल्दैछ। यो खेल टी-२० फर्म्याटमा हुँदैछ।

टी-२० अन्तर्राष्ट्रिय र ओडिआई दुवै सिरिज खेल्न युरोप टुरमा रहेको नेपालले दुवै सिरिजलाड्ढ मध्यनजर गर्दै २/२ टी-२० र वान डे खेल अभ्यास सूचीमा राखेको थियो।

नेपालले यसअघि खेलेका दुवै वान डे अभ्यास खेल जितेको थियो भने टी-२० मा पराजित भएको थियो।

ब्याटिङमा कप्तान पारस खड्काले १६१ रन तथा बलिङमा ललित राजवंशीको ५ विकेटपछि नेपालले पहिलो वान डे अभ्यासमा ह्याम्पसयार हग्स क्रिकेट क्लबलाई २४३ रनले पराजित गरेको थियो।

दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भयो।

यस्तै अनिल कुमार शाहले १३१ रन बनाएपछि नेपालले तेस्रो अभ्यास खेलमा इस्ट लण्डन-११ लाई २२३ रनले हरायो।

चार अभ्यास खेलपछि नेपापलले यही आइतवार (जुलाई २९) मा क्रिकेटको मक्का मानिने लर्ड्मा टी-२० ट्राई सिरिज क्रिकेट खेल्नेछ।

एक दिने सिरिजमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी), नेपाल र नेरदल्याण्ड्सले खेल्नेछन्। नेपाल र नेदरल्याण्डबीचको खेल टी-२० अन्तर्राष्ट्रियको मान्यता पाउनेछ। उक्त खेलबाट लर्ड्समा नेपाली युवा खेलाडीहरुले डेब्यु समेत गर्नेछन्। यसअघि सन्दीप लामिछानेले लर्ड्समै वेष्ट इन्डिज विरुद्ध आइसीसी विश्व-११ को प्रतिनिधित्व गर्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिसकेका छन्।

उनीसँगै नेपाली टिमले सन् २०१६ मा पनि लर्ड्समा खेलेको थियो। जुलाई २९ मा टी-२० खेलेमा सन्दीप लर्ड्समा ३ खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्।

लर्ड्समा नेपालले दोस्रो पटक खेल्न लागेको हो। यस्तै सन् २०१५ पछि नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ। सन् २०१५ जुलाईमा नेपालले आइसीसी टी-२० वर्ल्ड कप क्वालिफायरमा पपुवा न्यूगिनी विरुद्ध पछिल्लो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो।

लर्ड्समा खेलेपछि लगत्तै नेपाली टोली पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज खेल्न नेदरल्याण्ड्स जानेछ। नेपालले अगष्ट १ र २ मा डच टोलीको घरेलु मैदानमै दुई ओडिआई खेल खेल्नेछ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलो पटक ओडिआई क्रिकेट खेल्न लागेको हो। गत मार्चमा जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन भित्र पर्दै नेपालले आगामी चार वर्षका लागि पहिलो पटक ओडिआईको स्ट्याटस पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell