PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘जिन्दगी, रिल्याक्स प्लिज’ सार्वजनिक



पहिलोपोस्ट

‘जिन्दगी, रिल्याक्स प्लिज’ सार्वजनिक

काठमाडौं : डाक्टर राजु अधिकारीको पाँचौ पुस्तक सार्वजनिक भएको छ - ‘जिन्दगी,रिल्याक्स प्लिज’। 

पुस्तक लोकार्पण कार्यक्रममा शनिबार डाक्टर अधिकारीले योगाको 'डेमो' पनि देखाए। मानसिक र शारीरिकरुपमा स्वस्थ्य बनाउन आवश्यक विधि र सावधानीसँग सम्बन्धित पुस्तकको लोकार्पण लेखक स्वयंसँगै मानव अधिकारकर्मी कृष्ण पहाडीले गरेका हुन्। 

कार्यक्रममा वक्ता रहेका डाक्टर अरुणा उप्रेतीले पुस्तकमाथि परिचर्चा गरेकी थिइन्। उनले पुस्तकले भविष्यप्रतिको चिन्ता, हतारो, तनाव सुख, दु:खका आवेग आदिले निम्त्याउन सक्ने अवस्थामा बच्ने उपाय सिकाएको बताइन्। ‘यो पुस्तकले हाम्रो बिग्रिरहेको दैनिकी बारे सचेत गराउँदै त्यसलाई ठीक गर्ने तरिका सिकाउँछ,' उनले भनिन्।

त्यस्तै मानव अधिकारकर्मी कृष्ण पहाडीले भौतिक रुपमा मात्र नभएर वौद्धिक रुपमा दरिद्र भइरहेको हाम्रो प्रवृत्तिका लागि पुस्तक उपयुक्त हुने बताए। भने, 'यसले हाम्रो दैनिकीसँग जोडिएको खानेकुरा, पोशाकदेखि दिन, रङ र बारहरुको महत्व भन्छ।’ 

कार्यक्रममा आर्ट अफ लिभिङका व्यवस्थापक निरज कोहलीको पनि उपस्थिति थियो। 

पुस्तक बारे लेखक राजुले भने, 'रिल्याक्य, आनन्द हामीलाई सधैं आवश्यक अनुभूति हो। यसलाई शब्दमा व्याख्या गर्न गाह्रो छ। त्यसैले आनन्द महसुस गर्ने विधिहरु समेटेर पुस्तक तयार गरेको हुँ।’ 

यसअघि अधिकारीका 'खाने कसरी, पिउने कसरी?', 'यस्तो होस् जीवनशैली', 'तपाईंका लागि योग' लगायत पुस्तक सार्वजनिक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell