PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

वसुन्धारामा 'अल स्किल इन्टरनेश्नल म्यानपावर'मा विभागको छापा, सञ्चालक फरार



पहिलोपोस्ट

वसुन्धारामा 'अल स्किल इन्टरनेश्नल म्यानपावर'मा विभागको छापा, सञ्चालक फरार

काठमाडौँ: वसुन्धारामा रहेको एल स्किल इन्टरनेश्नल म्यानपावरमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ। सोमबार साँझ विभागले छापा मार्दा सरकारले तोके भन्दाबढी रकम लिएर कुवेत पठाउ लागिएको भेटिएको हो।

बढी शूल्क लिएर वैदेशिक रोजगारीमा पठाउने गरेको उजुरीको आधारमा छापा मारेको विभागका अधिकृत उद्धव रिजालले जानकारी दिए।

म्यानपावर संचालक भने फरार रहेका छन्। म्यानपावरले बढी शूल्क लिएर मंगलबार बिहान १० बजे  ३५ जना युवालाई कुवेत लाग्ने तयारीमाको थियो। अधिकृत रिजालले युवाहरुलाई विदेश पठाइसकेपछि कम्पनीलाई थप कारबाहीको तयारी भइरहेको बताए।

उनीहरूसँग १ लाख रुपैयाँदेखि १ लाख ८० हजार रुपैयाँ समेत उठाएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell