PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

एनभिए र आधीअबाधीको आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने, १० वर्षका लागि सम्झौता



पहिलोपोस्ट

एनभिए र आधीअबाधीको आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने, १० वर्षका लागि सम्झौता

काठमाडौं : नेपाल भलिबल एसोसिएसन (एनभीए) र नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने भएको छ।

आगामी अक्टोबर पहिलो साता काठमाडौँमा ६ टोली सम्मिलित आधीअबाधी महिला भलिबल लिग (एभीएल) आयोजना गर्ने एनभीएले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। लिगको विजेताले ६ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

लिगका लागि आधीअबाधीले नेपाल भलिबल संघलाई वार्षिक १५ लाख प्रदान गर्ने एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए।

लिगमा नेपालका तीन विभागीय टोलीसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। चन्दका अनुसार पुलिस, एपीएफर आर्मीका साथै काठमाडौँ क्वीन्स, चितवन टाएग्रेस र पोखरा पिन्केजले लिग खेल्नेछन्।

'सुरुमा आधीअबाधीले नै ६ वटा टिमको लिस्ट बनाएर ल्याएका थिए तर नेपालमा हुने भएपछि हामीले तीन विभागीय टिम पनि राख्नुपर्छ भने तीन टोलीको स्थानमा विभागीय टोलीलाई स्थान दिएका हौँ। यसपटक राम्रो भएका अर्को पटक बाँकी तीन टिमलाई पनि थप्ने सकिनेछ।' चन्दले भने। 'यस्तै प्रत्येक टिमले नेपाली खेलाडीबाहेक ४ विदेशी खेलाडी आफ्नो ६ममा राख्न पाउनेछन् र ३ खेलाडीलाई एकैपटक खेलाउन सक्नेछ।'

यसैगरी विभागीय बाहेकका टिम मालिकको समेत खोजी गरिने समेत चन्दले बताए। 'पाली महिला भलिबलमा व्यावसयीकरण गर्नका लागि महँगो पुरस्कारसहित लिग गर्न लागेको एनभीए महासचिव चन्दले बताए। 'यो एकदमै व्यावसायीक लिग हुनेछ। ३ टिमको लागि मालिक समेत खोज्नुपर्नेछ। हामीले विभागीय टिमलाई तयारी स्वरुप १ लाख २० हजार उपलब्ध गराउने निर्णय गरेका छौँ।'

लिगको विजेताले अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार ६ लाख प्राप्त गर्नेछन्। यस्तै उपविजेताले ३ लाख तथा तेस्रो हुनेले १ लाख ५० हजार हात पार्नेछन्। प्लेअर अफ दी टुर्नामेन्टले एक थान स्कुटरका साथै नगद ५० हजार प्राप्त गर्नेछन्।

 

आधीअबाधीसँग १० वर्षको सम्झौता

एनभीए र आधीअबाधी फाउण्डेसनले महिला लिगका लागि १० वर्षको सम्झौता गरेको छ। एनभिएका अध्यक्ष मनोरञ्जन रमण शेर्मा र फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि फाउण्डेसनले लिग गर्नका लागि प्रत्येक वर्ष १५ लाखका दरले १० वर्मा १ करोड ५० हजार उपलब्ध गराउनेछ। आगामी अक्टोबरमा हुने लिगका लागि फाउण्डेसनले एनभीएलाई १५ लाख मध्ये पहिलो किस्ता स्परुप नगद ८ लाखको चेक उपलब्ध गराएको छ। बाँकी रकम लिग सिकएपछि दिनेछ। एनभीएका महासचिव चन्दले भने।

एनभीएका अध्यक्ष शर्माले नेपाली भलिबलको लागि यो एकदमे ठूलो हसयोग भएको बताउँदै यसले महिला भलिबल विकासमा सहयोग पुग्ने बताए।

यस्तै फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहले गत वर्षदेखि भारतमा पनि आधीअबाधी लिग सुरु गरेको र नेपालमा पनि भलिबल विकास गर्न यो कदम चालेको प्रतिक्रिया दिए। 'यो महिला भलिबल मात्र नभएर वुमन एम्पावरमेन्टका लागि समेत हो। एनभीए र हामी मिलेर संयुक्त रुपमा यो पटक गर्ने कोसिस गरेका छौँ। हामी एमभीएले चाहे जसरी नै यो टुर्नामेन्ट गर्न तयार छौँ। सिंहले भने। लिगको स्पोनसरका लागि हामी भारतबाट पनि केही सहयोग खोज्नेछौँ भने नेपालबाट पनि केही सहयोग पक्कै पाउनेछ।'

प्रतियोगितालाई आकर्षक बनाउनका लागि फाउण्डेसनले भारतका ६ जना कलाकरलाई गुडविल एम्बासडर समेत बनाउने भएका छ। ६ जनै कलाकार भारतको विभिन्न टेलिसिरियलमा काम गरेका व्यक्ति रहेको सिंहले बताए। यस्तै लिगका लागि नेपालबाट समेत एक कलालकारलाई एम्बासडर बनाउने योजनना रहेको उनले सुनाए। भारतीय कलाकार पुजा गौर, रिशिका सिंह, प्राची तेलन, लबिना टण्डन, सोनिया शर्मा र रितु दुधानी गुडविल एम्बासडर रहने आधीअबाधी फाउण्डेसनले जनाएको छ।

                            



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell