काठमाडौं : नेदरल्याण्ड्स विरुद्धको दोस्रो ओडिआई खेलमा नेपालले टस जितेको छ। आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
पहिलो ओडिआईमा टस हारेको नेपाल ५५ रनले पराजित भएको थियो।
नेपाली टिममा आज तीन परिवर्तन गरिएको छ। विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले आजको खेलबाट ओडिआई डेब्यु गर्दैछन्। पहिलो खेलमा डेब्यु गरेका करण केसी, शरद भेषावकर र शक्ति गौचन टोलीमा छैनन्।
नेपाली टोली:
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललित सिंह भण्डारी
2nd ODI 🇳🇱 vs 🇳🇵
— Cricket🏏Netherlands (@KNCBcricket) August 3, 2018
TOSS | Nepalese captain @paras77 won the toss and elected to bat first.#NEDvNEP #SupportOrange pic.twitter.com/iFoNl4ObZy