PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नथिया, ऐलानी र पण्डित बाजेको लौरीलाई जातीय विभेद प्रोत्साहनको आरोप



पहिलोपोस्ट

नथिया, ऐलानी र पण्डित बाजेको लौरीलाई जातीय विभेद प्रोत्साहनको आरोप

वादी समुदायको कथामा आधारित भनिएको पुस्तक नथिया र ऐलानी र फिल्म पण्डित बाजेको लौरी विरुद्ध वादी समुदायले आपत्ती जनाएको छ। दुई पुस्तक र फिल्मले समुदायलाई होच्याएको भन्दै कानूनी उपचारको प्रक्रियामा उत्रने घोषणा भएको हो।

बुकहोलिक्सले आयोजना गर्दै आएको चकटी बहसको ५४ औं श्रृङ्खलामा सरस्वती प्रतीक्षाको नथिया र विवेक ओझाको ऐलानमाथि छलफल थियो। उक्त कार्यक्रममा अधिकारकर्मी गोपाल नेपालीले नथिया र ऐलानी पुस्तकले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको तर्क राखेका थिएर सोही दिन उनले पुस्तकहरु विरुद्ध कानूनी उपचार खोज्ने घोषणा गरेका हुन्।

कार्यक्रममा उनले हाल रहेका कुलमध्य ६ प्रतिशत यौन व्यवसायमा संलग्न रहेको तथ्य सार्वजनिक गर्दै भने,'वर्षौ अघिबाट छोडेको पेशालाई केन्द्रमा राखेर किताब लेखियो। जसले प्रतिबन्धित शब्दहरुको प्रयोग मात्र गरेन वादी समुदायको चरित्रहत्या समेत गर्‍यो।'

उनले पुस्तक 'ऐलानी'को नामले नै पनि वादी समुदायका महिलालाई सार्वजनिक उपभोगको वस्तुका रुपमा चित्रण गरेको आरोप लगाएका थिए।

त्यस्तै आइतबार पनि दलित गैर सहकारी संस्था महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त विषयमा छलफल गर्‍यो। वादी समुदायका महिलाहरुले फिल्म र पुस्तकहरुमा प्रयोग गरिएको शब्द तथा वाक्यांशहरुमाथि आपत्ती जनाएका हुन्।

यस विषयमा मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। आयोगले विज्ञप्ती जारी गर्दै फिल्म निर्माण युनिट र लेखकहरुसँग वादी समुदायप्रति आफ्नो धारणा माग गरेको जनाएको छ। लेखिएको छ,'सम्‍बन्धित चलचित्र निर्माता र लेखकहरुलाई ध्यानाकर्षण पत्रको प्रतिलिपिसहित समुदायप्रति उहाँहरुको धारणाको माग गरिएको छ।' साथै आयोगले उक्त विषयमा सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि आवश्यक जानकारीको माग गरेको जनाइएको छ।

सरस्वती प्रतिक्षाको पुस्तक नथिया घोषणा कै दिन दिपेन्द्र के खनाल र भूपेन्द्र खड्काले पुस्तकमाथि फिल्म निर्माण घोषणा गरेका थिए। फिल्म पण्डित बाजेको लौरीलाई भने दिपक ओलीले निर्देशन गरेका हुन्। फिल्मका लागि कथा महेश दवाडीले लेखेका हुन्।

राष्ट्रिय वादी वरिषद् र दलित अधिकारकर्मीहरु बीचको छलफलमा यी कृति र फिल्मले जातीय विभेदलाई बढवा दिएको दलित अधिकारकर्मीहरुको भनाइ राखे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell