PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

क्यान विवाद : मनिटरिङ कमिटीको बैठक सकारात्मक, क्यान फुकुवा हुन अझै ६ महिना लाग्ने



पहिलोपोस्ट

क्यान विवाद : मनिटरिङ कमिटीको बैठक सकारात्मक, क्यान फुकुवा हुन अझै ६ महिना लाग्ने

काठमाठौँ : क्रिकेट संघ नेपाल (क्यान)को विवाद समाधानतर्फ अगाडी बढेपनि क्यान फुकुवा हुन भने अझै ६ महिना लाग्ने भएको छ।

आइसीसीले बनाएको मनिटरिङ कमिटीको सोमवार बसेको बैठक सकारात्मक रहेपनि क्यान निलम्वन फुकुवा हुन भने समय लाग्ने भएको हो।

आइसीसीले बनाएको ५ सदस्यीय मनिटरिङ कमिटीको बैठकपछि नेपाली क्रिकेट विवादको जालो तोड्न सबै सकारात्मक भएको कमिटिका एक सदस्य एल बी क्षेत्रीले पहिलोपोस्टलाई बताए। 'नेपाली क्रिकेटमा रहेको डेडलक तोड्न सबै जना सकारात्मक छन्। क्रिकेटलाई केन्द्रमा राखेर सबैजना सकारात्मक बाटोमा आउनुपर्छ।'

'नेपाली क्रिकेट विवाद चाँडो समाधान होस भन्ने चाहना आइसीसीको पनि छ। हाम्रो चाहना पनि त्यही हो। अब १५ दिन भित्र जिल्लामा यसअघि भएको निर्वाचनको प्रकिया बुझ्न लेगल एडभाइजर भनेका छौँ। त्यसपछि अन्य प्रकिया अगाडी बढ्नेछ।' क्षेत्रीले भने। 'अबको ६ महिनाभित्र नेपाली क्रिकेटको विवाद समाधान हुन्छ। क्यान निलम्वन हुँदा नेपालले धेरै रिसोर्सहरु गुमाएको छ।'

क्षेत्रीले क्यान फुकुवा हुनका लागि निर्वाचित क्यानले अदालतमा रहेको मुद्धा फिर्ता लिनुपर्ने, राखेपले बनाएको तदर्थ समिति पनि खारेज गर्नुपर्ने बताए। 'अब निर्वाचित क्यानले अदालतमा रहेको मुद्धा फिर्ता लिनुपर्छ। राखेपले पनि तदर्थ समिति खारेज गर्नुपर्छ। सबै पक्षले निलम्वन फुकुवा हुन सहयोग गर्नुपर्छ।' 

आइसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषद र निर्वाचित क्यानका १-१ र आइसीसीका तीनजना प्रतिनिधि छन्। राखेपबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुर प्रताप थापा (रइस) र आइसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी छन्।

निर्वाचित क्यानले आइसीसीको म्याण्डेटअनुसार संशोधित विधान पारित गरेपछि बाँकी विवाद समाधानका लागि आइसीसीले मनिटरिङ कमिटी गठन गरेको हो।

आइसीसी क्यान विवादबारे जुलाईमै निर्णय गर्ने भनिएपनि मनिटरिङ कमिटीको बैठक बस्न नसकेपछि  प्रक्रिया लम्बिएको हो। क्षेत्रीका अनुसार आइसीसीको बैठक अक्टोवरमा बस्नेछ र त्यमसा क्यानबारे निर्णय गर्न भ्याउने छैन। त्यसैले सबै प्रकिया सकरात्मक रुपमा अगाडी बढाएर २०१९ जनवरीसम्म क्यान फुकुवा हुनेमा उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell