PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म्यान्मारमा हेट स्पीच रोक्न आफूहरु निकै सुस्त भएको फेसबुकको स्वीकारोक्ती



पहिलोपोस्ट

म्यान्मारमा हेट स्पीच रोक्न आफूहरु निकै सुस्त भएको फेसबुकको स्वीकारोक्ती
फोटो: REUTERS

क्यालिफोर्निया: फेसबुकले म्यान्मारमा व्याप्त रहेको 'हेट स्पीच' सम्बोधन गर्न आफूहरु निकै कमजोर रहेको जनाएको छ। त्यसैले समस्या समाधान गर्नका लागि आफूहरुले बर्मेली भाषामा राम्रो ज्ञान भएका व्यक्तिहरुलार्इ नियुक्त गर्ने योजना बनाएको फेसबुकले जनाएको छ। साथै कन्टेन्टहरुमा देखिएको समस्या समाधान गर्नका लागि प्राविधिमा लगानी गर्ने पनि फेसबुकले जनाएको छ। 

बिहीवार फेसबुकको न्यूजरुममा एक व्क्तव्य पोस्ट गर्दै  फेसबुकले स्वचालित रूपमा हेट स्पीच पत्ता लगाउने उपकरणहरूमा लगानी गर्ने र बर्मेली भाषाको राम्रो ज्ञान भएका व्यक्तिहरुलार्इ पोस्टहरु रिभ्यू गर्न लगाउने बताएको हो। फेसबुकका संस्थापक मार्क जुकरबर्गले अप्रिलमा अमेरिकी सिनेटरहरुलाई पोस्टहरू समीक्षा गर्न बताएका थिए। 

फेसबुकले आफ्नो पोस्टमा लेखेको छ, 'म्यान्मारमा जातीय हिंसा डरलाग्दो छ र फेसबुकमा गलत सूचना प्रवाह हुन बाट रोक्न र हेट स्पीचलाई रोक्न हामी निकै सुस्त छौं।'

फेसबुकले जुनमा ६० जना म्यानमारका भाषा विज्ञलार्इ नियुक्त गरेको थियो। फेसबुकले यो वर्षको अन्त्यसम्म लगभग सय जना बर्मेली भाषा विज्ञ नियुक्त गर्ने जनाएको छ। 

फेसबुकले धेरै संख्यामा म्यान्मारका हेट स्पीच फैलाउने व्यक्ति र संस्थाहरुको एकाउन्ट बन्द गरेको जनाएको छ।  

रोयटर्स गत हप्तामात्र रोहिंगा समुदाय र अरु मुस्लिमहरुलार्इ लक्षित गर्दै फेसबुकमा हजारौं पोस्ट, कम्नेट, तस्विर र भिडियोहरु देखिएको समाचार सार्वजनिक गरेको थियो। 

मानव अधिकारकर्मीहरुले फेसबुकलार्इ धेरै समय देखि उनीहरुको प्लयाटफर्म रोहिंगिया समुदाय र अरु मुस्लिमहरु विरुद्धमा प्रयोग हुँदै आएकोबारे सचेत गराउँदै आएको थियो। 

गत वर्ष म्यान्मारमा जातीय हिंसा फैलिएपछि सात लाखभन्दा बढी रोहिंगियाहरु पलायन हुन बाध्य भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell