PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

सर्वोच्चले छोडेलगत्तै प्रहरीले फेरि समात्यो प्रकाण्डलाई



सविन ढकाल

सर्वोच्चले छोडेलगत्तै प्रहरीले फेरि समात्यो प्रकाण्डलाई

काठमाडौं : सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई प्रहरीले पुन: पक्रेको छ।
 
नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि समातेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए । नेता विकलाई काभ्रेमा रहेको  टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो।

उनले  ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ। चुनाव अघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा - माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।

न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो। 

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell