PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वमा आज : अमेरिका विरुद्ध चिनियाँ सैनिकको तालिमदेखि एसियाडको तयारीसम्म



पहिलोपोस्ट

विश्वमा आज : अमेरिका विरुद्ध चिनियाँ सैनिकको तालिमदेखि एसियाडको तयारीसम्म

अमेरिकाविरुद्ध तालिम लिँदै चिनियाँ सैनिक



चीनले लामो दूरीसम्म प्रहार गर्न सक्ने बमबरहरु विकसित गरिरहेको र आफ्ना पाइलटहरुलार्इ अमेरिका लक्षित मिसनका लागि तयार गरिरहेको पेन्टागनले प्रकाशित गरेको रिपोर्टमा जनाइएको छ। तीन वर्षयता चीनको जनमुक्ति सेनाले ओभर वाटर बमबरहरु विकसित गरिरहेको र अमेरिका र उसका सहयोगी राष्ट्रहरु विरुद्ध स्ट्राइकका लागि तालिम लिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ।

अटल बिहारी बाजपायीको अन्तेष्टी



भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपायीको आज अन्तेष्टी गरिएको छ। लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा हिजो ९३ वर्षको उमेरमा निधन भएको थियो। 

एसियन गेम्स अघि प्रहरीको कदम



 इन्डोनेसियामा हुन लागेको एसियन गेम्स (एसियाड)लार्इ मध्यनजर गर्दै प्रहरीले राजधानी जकार्तामा स्थनीय अपराधीहरु विरुद्ध विशेष अपरेशन संचालन गरेको छ। जनवरीदेखि अगस्टका बीचमा ७७ जना अपराधीहरु मारिएको राइट ग्रुपले जनाएको छ। एमनेष्टी इन्टरन्यासनलले भने प्रहरीको यस कदमलार्इ अनावश्यक भनेको छ।


एसियाडको तयारी पूरा



इन्डोनेसियामा शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा भएको छ। यस प्रतियोगितामा ४५ राष्ट्रका करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुँदैछन्।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या वृद्धि



भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ। लगातार परिरहेको पानीले गर्दा उद्दार कार्यमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन्। बाढीका कारण दुर्इ लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।


गुगलका कर्मचारी विरोधमा



चिनियाँ सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कर्मचारीले विरोध गरेका छन् । बिरोधमा उत्रेका कर्मचारीले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारीलार्इ आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell