काठमाडौँ : 'इनर्जी अफ एसिया' अर्थात एसियाको शक्ति भन्ने नारा दिइएको एसियन गेम्स (एसियाड) को १८औँ संस्करणको इन्डोनेसियामा भव्य उद्घाटन गरिएको छ।
शनिवार साँझ जकार्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा एसियाडको उद्घाटन भएको हो। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे।
उद्घाटन समारोहमा सहभागी ४५ देशका खेलाडीले मार्च पास गरेका थिए। सहभागी देशले आफ्नो राष्ट्रियता झल्कने पोशाकमा मार्च पास गरेका थिए।
नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जनाले मार्चपास सहभागी जनाएका थिए। १०औं सागका एक मात्र स्वर्णधारी भारोत्तोलनका कमल बहादुर अधिकारीले मार्सपासमा नेपालको झण्डा बोकेका थिए।
फोटो सोजन्य : लोकेन्द्र बस्नेत