PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रिमियर लिग : टोटनहम र बर्नमाउथको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम र बर्नमाउथको लगातार दोस्रो जित

टोटनहम हट्सपर र एएफसी बर्नमाउथले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छन्। शनिवार भएको खेलमा टोटनहमले फुलहमलाई ३-१ ले हरायो।

वेम्वलीमा भएको खेलमा टोटनहमका लागि लुकास माउरा, ह्यारी केन  केभिन ट्रपीएरले एक-एक गोल गरे। फुलहमका लागि अलेक्जान्डर मिट्रोभिचले गोल गरे।

बर्नमाउथले वेष्टहम युनाइटेडलाई २-१ ले हरायो। मार्को अर्नाउटोभिकले गोल गर्दै वेष्टहमलाई पहिले अग्रता दिलाए पनि कलुम विलसन र स्टिभ कुकले गोल गर्दै बर्नमाउथलाई जित दिलाए।

यस्तै एभरटन र लेस्टर सिटीले पनि पहिलो जित हात पारेका छन्। पहिलो खेलमा बराबरीमा रोकिएको एभरटनले शनिवार साउथह्याम्पटनलाई २-१ ले हरायो। एभरटनका लागि थियो वाल्कोट र रिचार्लीसनले गोल गरे। साउथह्याम्टनका लागि ड्यानी इङ्सले एक गोल गरे।

उदा जेमी भार्डीले रातो कार्ड पाउनका बावजुत पनि लेस्टरले वल्भरह्याम्पटनलाई २-० ले हराउदै ३ अंक जोडेको हो। वल्भरह्याम्टनका म्याट डोहेर्टीको आत्मघाती गोलबाट अग्रता लिएको लेस्टरले जेम्स म्याडिसनको गोलबाट पहिलो हाफमा अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफमा भार्डीले सिधै रातो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा जरेपनि वल्भरह्याम्पटनले त्यसको फाइदा उठाउन सकेन।

गोलकिपर निथ एथरेजले पेनाल्टी रोकेपछि कार्डिफ सिटीले १० खेलाडीको न्यूकासलसँग हार टारेको छ। कार्डिफ र न्यूकासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एथरेडले इन्जुरी टाइमको सातौँ मिनेटमा न्यूकासलका केनेडीका पेनाल्टी रोके। त्यसअघि आइज्याक ह्याडेनले रातो कार्ड पाउ न्यूकासल १० खेलाडीमा झरेको थियो।

लिगअन्तर्गत आजै लण्डन डर्बीमा चेल्सी र आर्सनल भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell