PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चीनले जित्यो १८औँ एसियाडको पहिलो गोल्ड मेडल



पहिलोपोस्ट

चीनले जित्यो १८औँ एसियाडको पहिलो गोल्ड मेडल

काठमाडौँ : इन्डोनेसियामा शनिवारबाट औपचारिक रुपमा सुरु भएको १८औँ एसियन गेम्स (एसियाड) को पहिलो गोल्ड मेडल चीनले जितेको छ।

उसुको पुरुष चाङ्गकुएनतर्फ चीनका पेइयुयान सुनले ९.७५ अंक स्कोर गर्दै गोल्ड मेडल जिते। आयोजक इन्डोनेसियाका एडगार ज्याभिएर मार्भेलोले शिल्भर तथा चाइनिज ताइपेईका सेमिन साईले ब्रोन्ज मेडल जिते।
ज्याभिएर आयोजक इन्डोनेसियालाई पदक दिलाउने पहिलो खेलाडी बने, फोटो : https://en.asiangames2018.id

यस स्पर्धामा नेपालका बिजय सिंजाली ८.२५ स्कोर गर्दै १८ खेलाडीमध्ये १४औँ स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell